३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

मधेस

जनकपुरमा ६ मोटरसाइकलसहित चोरीमा संलग्न पाँच जना नियन्त्रणमा

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ। धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहका पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार ६ वटा मोटरसाइकलसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो । नियन्त्रणमा रहेका सिरहाको विष्णुपुर गाउँपालिका वडा ३ रजोखोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा २ राजपुरका प्रमोद कुमार यादव, मनोज कुमार यादव, धनुषाको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ।प्रदेश २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ।प्रदेश २ का सिरहा जिल्लामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् । सरकारले अगामी वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु अघिल्लो दिनसम्म गरी मतदाता […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१६ माघ। पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरीका २१ वर्षीय अकलेश राउत अहिर मंसिर ३० गते बेपत्ता भए । त्यसको भोलिपल्ट पसागढी नगरपालिका–९ चैनपुरमा झुण्डिएको अवस्थामा उनको शव फेला पर्‍यो । गलबन्दीले पासो लगाएर आत्महत्या गरेको भन्ने खबर फैलियो । प्रहरीले पनि घटनालाई आत्महत्याकै रुपमा लियो । चैनपुरस्थित खेतको आलीमा रहेको पकडीको रुखमा झुन्डिएको अवस्थामा […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१६ माघ । ९ वर्षीय राजन पटेलको बहुदरमाई नगरपालिका– ८ घर भएपनि वीरगञ्जमा बस्दै आएका थिए । उनी ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै थिए । २०७३ असोज १९ गते वीरगञ्जमै लागेको मेला हेर्न गएका उनी बेपत्ता भए । भोलिपल्ट बिहान ६ बजे वीरगञ्ज–१४ चिनिमिल आवास क्षेत्र भित्र शव भेटियो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ माघ । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् । सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोनाविरूद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको थियो। तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र […]

न्यूजम्धेश डेस्क विरगंज ,१४ माघ । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप दिएर उक्त अभियानको शुभारम्भ गरिएको छ । सङ्घीय सरकारले उक्त खोप अभियानअन्तर्गत नारायणी अस्पताललाई पाँच हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ […]

न्यूजमधेश डेस्क सप्तरी,१४ माघ । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियानको उद्घाटन गरेका हुन् । जिल्लामा पहिलो चरणमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाउने योजना रहेको छ । मन्त्री साहले अभियानको […]