२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

बागमती

मधेश सहिद चौक निर्माण गर्न जनमत पार्टीको माग

न्यूजमधेश डेस्क जनकपुरधाम, २२ जेठ । विगत ०६२ /०६३ सालमा भएको मधेश विद्रोहमा सहादत दिएको मधेशी सहिदहरुको पहिचानको रुपमा रहेको चौकलाई मर्मत सम्भालको नाउमा तोडफोर  गरेको प्रति जनमत पार्टीले खेदप्रकट गरेको  छ । बिहिबार मधेशी सहिद चौक निर्माण गर्न माग गर्दै नेपालगंज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणालाई जनमत पार्टी बाँकेले ज्ञापनपत्र बुझाएको छ । […]

अंगद यादव नवलपरासी पश्चिम ,२२ जेठ ।कोरोना विरुद्धको लडाइमा अग्रसर भई खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु लाई नवलपरासी पश्चिम क्षेत्र नं.१ख का प्रदेश सभा सांसद अजय शाहीले सुरक्षा सामग्री बितरण गरेका छ्न। कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई उक्त स्वास्थ्य सामाग्री बितरण गरेका हुन । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिममा स्थलगत रिपोर्टिङमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेठ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा […]

न्यूजमधेश सम्बादाता बुटबल ,२० जेठ । प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका […]

न्यूजमधेश सम्बादाता भैरहवा ,१९ जेठ । रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका पाँचपाँच, सिद्धार्थनगर नगरपालिकाका एक, नवलपरासीका तीन जना र भारतका एक जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ […]

न्यूजमधेश सम्बादाता नेपालगञ्ज,१८ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा समपूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले आगामी आवको बजेटमा उपमहानगरपालिकाका लागि समपूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको […]

न्यूजमधेश सम्बादाता रुपन्देही ,१८ जेठ । रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका १३ वर्षीया अंगिरा पासी र परिवारलाई न्याय दिलाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । नेपाल दलित मुक्ति संगठनले आज प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । मुख्यमन्त्री पोखरेलले रुकुम र रुपन्देहीको देवदहमा […]

न्यूजमधेश सम्बादाता भैरहवा,१७ जेठ ।अपाङ्ग बालबालिकाको सारथीको रुपमा काम गर्दै आएको अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजनाले रुपन्देहीका विभिन्न पालिकाका १२ अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजना बुटवलको आयोजना, सि. बि. एम. को साझेदारी एवं आर्थिक सहयोग तथा विभिन्न नगरपालिका, गाउँपालिकाहरुको समन्वयमा जिल्लाभर […]