२६ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

प्रदेश

जनकपुरधाममा कोभिड विशेष अस्पताल सञ्चालनमा

न्यूजमधेश डेस्क जनकपुरधाम ,३ असार । प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सो अस्पताल सञ्चालन गरिएको हो । मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा आज […]

न्यूजमधेश डेस्क महोत्तरी ,३ असार । डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ । जिल्लाको सुदूर उत्तरी चुरे फेदीको महोत्तरी, सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको कार्यालयको टोलीले बुधबार सो परिमाणमा साखुका […]

न्यूजमधेश डेस्क सर्लाही ,२ असार । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिनुभयो । मृत्यु हुनेमा […]

गोपालप्रसाद बराल महोत्तरी ,२ असार । “उजाडिएको परिवार अब के गरी सम्हालिन्छ हजुर।।” सहानुभूति दर्शाउन घर पुग्ने जोसुकैसँग महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका ६५ वर्षीय बलबहादुर परियार बलिन्द्र धारा आँसु काढ्दै एकोहोरो यस्तै बिलौना गर्नुहुन्छ । “अब बुताको कुरा रहेन, दयामायामा पुग्यो जिन्दगी १ दाताकै सहारामा बाँकी जीवन हुने’भो !” एक दिनको फरकमा दुई छोरा गुमाउँदाको […]

न्यूजमधेश डेस्क विरगंज ,३१ जेष्ठ । पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका हुन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३० जेष्ठ । आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आज पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो । त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले […]

न्यूजमधेश डेस्क सप्तरी,३० जेष्ठ ।सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आइतबार पक्राउ परेका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। पसलसँगै […]

न्यूजमधेश डेस्क लहान ,३० जेष्ठ । सिरहाको गोलबजार नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताललाई अमेरिकाको मिचिगनस्थित हेल्पिङ ह्याण्ड नेपाल च्याप्टरले स्वास्थ्य सेवा तथा उद्धार सङ्घ […]