१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

प्रदेश

प्रदेश १ मा ३४ वटा पक्की घर सुकुम्वासी परिवारलाई हस्तान्तरण

न्यूजमधेश डेस्क विराटनगर,२२ कार्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका–७ मा एकीकृत नमूना बस्ती ‘जनता आवास कार्यक्रम’ अन्तर्गत शुक्रबार ३४ वटा तीन कोठे घर सुकुम्वासी परिवारलाई हस्तान्तरण गर्नुभयो । ग्रामथान गाउँपालिका–७ नयाँबस्तीका ३४ सुकुम्वासीलाई जस्तापाता लगाएको शौचालयसहित तीन कोठे नयाँ पक्की घर हस्तान्तरण गरिएको हो । सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत […]

न्यूजमधेश सम्बादाता सुनसरी ,२२ कार्तिक । जिल्लाको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी– १२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ कार्तिक । धार्मिक एवं पुरातात्विक सम्पदा कपिलेश्वर मन्दिरको संरक्षण र अभिलेख उपलब्धको खाँचो आँैल्याइएको छ । कपिलेश्वर मन्दिर युवा समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो खाँचो औँल्याउँदै पुरातत्व विभागले अभिलेखलाई अलपत्र पारेकाले अन्योलको अवस्था रहेको जानकारी दिइयो । पुरातत्व विभागबाट बेलाबेलामा आएको अध्ययन, अनुसन्धान टोली यहाँको विभिन्न मूर्ति र अभिलेख […]

न्यूजमधेश सम्बादाता महोत्तरी,१७ कार्तिक । प्रत्येक वर्ष तिहार पर्वअघि प्रदेश २ को मिथिला क्षेत्रका कुम्हाल माटोसँग खेल्न अभ्यस्त हुन्छन् । तिहार ९दीपावली० र छठ पर्वका पूजा र व्रत विधिमा माटाका नयाँ भाँडाको प्रयोग गरिने परम्पराले कुम्हाल ९तराईमा माटाका भाँडा बनाउने पेशाका खास जाति समुदाय० अहिले माटोसँग खेल्न अभ्यस्त देखिएका हुन् । महोत्तरीसहितका प्रदेश २ का […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीतामढी जिल्ला […]

न्यूजमधेश सम्बादाता झापा ,१६ कार्तिक । जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान मृत्यु भएको हो । गत शनिबार स्वास्थ्य […]

न्यूजमधेश डेस्क महोत्तरी,१६ कार्तिक । दशैँ सकिएर कात्तिक कृष्णपक्ष शुरु भएसँगै पूर्वी मध्य तराईका डोम समुदायको सक्रियता बढेको छ । दीपावली पर्वको पक्ष शुरु भएको र त्यसलगत्तै छठ पर्व पर्ने भएपछि आफ्नो सीपका सामग्री बनाउन डोम समुदाय अहिले तन्मयसाथ काममा जुटेको हो । दीपावली र छठमा बाँसको चोया र कप्टेराबाट बुनिने सामानको माग हुने परम्पराले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६  कार्तिक। ओम अडर डटकमले प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामबाट आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ ओम अडर डटकम संचालनमा आएको हो । निकै लामो गृहकार्य पश्चात ओम अडर डटकम बजारमा उपस्थिती जनाएको कम्पनीका प्रमुख विकाश मिश्रले बताए । बजारमा उपभोक्ताहरुले […]