२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

प्रदेश

योजना बिपरित काम थालेपछि स्थानीयले रोके सडक निर्माण

सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ जेठ। धनुषाको शहिदनगर नगरपालिकामा नियम विपरित सडकमा माटो खसालेर ट्याक्टरले सुम्याउन थालेपछि स्थानीयले बिरोध गरेका छन् । वडा नम्बर ८ बिसरभोरा टोलमा वडा अध्यक्ष तनुक लाल कुसियैत र वडा सदस्यको मिलोमतोमा नगरपालिकाको रकमबाट सडकमा माटो र ग्राभेल हाल्ने योजना भएपनि माटोको सट्टामा पुरानै सडकलाई ट्याक्टरको माध्यमले सुम्याएन खोज्दा स्थानीयले काम रोकेका […]

न्यूजमधेश डेस्क रुपन्देहि ,२२ जेठ ।प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुशी बजार खोल्दा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आज अहिलेसम्म कोभिड–१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुशी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने भन्दै प्रश्न गर्नुभएको छ । “क्वारेन्टाइन र लकडाउनका कारण कोभिड –१९ समुदायमा फैलिएको छैन । […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २२ जेठ । विगत ०६२ /०६३ सालमा भएको मधेश विद्रोहमा सहादत दिएको मधेशी सहिदहरुको पहिचानको रुपमा रहेको चौकलाई मर्मत सम्भालको नाउमा तोडफोर  गरेको प्रति जनमत पार्टीले खेदप्रकट गरेको  छ । बिहिबार मधेशी सहिद चौक निर्माण गर्न माग गर्दै नेपालगंज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणालाई जनमत पार्टी बाँकेले ज्ञापनपत्र बुझाएको छ । […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ जेठ । कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका  १७वर्षीय युवक (मो नइम)ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताउनुभएकोे छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट आज बिदाइ हुँदै गर्दा उहाँले सञ्चारकर्मीसँग ती अनुभव सुनाउनुभएको हो । शुरुमा निकै डर लागेको तर बुवाआमा र दिदीहरुले निकै हौसला […]

विरेन्द्र कर्ण विरगंज,२२ जेठ । विगत लामो समयदेखि लाग्दै आएको लकडाउनका कारण अर्थतन्त्रमा परेको असरलाई ध्यानमा राखी स्थानीय प्रशासनले भोलि शुक्रबारदेखि जोरबिजोर प्रणालीअन्तर्गत वीरगञ्ज बजारको पसल खोल्न अनुमति दिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको जिल्ला सङ्ंकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा जारी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ जेठ । तस्करसँग साँठगाँठ गर्ने प्रदेश २ का प्रहरीलाई कार्वाही गर्न शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले चार जना यस्ता प्रहरीलाई कार्वाही स्वरुप निलम्बन गरेको छ । लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको छ । आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पु¥याएको प्रमाण फेला परेपछि उनीहरुलाई […]

अंगद यादव नवलपरासी पश्चिम ,२२ जेठ ।कोरोना विरुद्धको लडाइमा अग्रसर भई खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु लाई नवलपरासी पश्चिम क्षेत्र नं.१ख का प्रदेश सभा सांसद अजय शाहीले सुरक्षा सामग्री बितरण गरेका छ्न। कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई उक्त स्वास्थ्य सामाग्री बितरण गरेका हुन । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिममा स्थलगत रिपोर्टिङमा […]

न्यूजमधेश डेस्क राजविराज,२२ जेठ । सप्तरीमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । आफ्नै शरीरमा मट्टी तेल छर्केर आगो लगाइएकी महिलाको मृत्यु भएको छ । बेदे बर्साइन नगरपालिका ५ जाँजर निवासी रमेश यादवकी ४० बर्षीया पत्नी पिंकीको आगो लागेर ज्यान गएको छ । पिंकीले मंगलबार राति आफ्नो शरीरमा मट्टी तेल छर्केर आगो लगाएको प्रहरीले […]