०१ जेठ २०८२, बिहिबार
15-05-2025 , Thu
×

प्रदेश

प्रदेश २ का गर्भवती,सुत्केरी महिला र बालबालिकालाई कुपोषणबाट बचाउनको लागि रातह वितरण

न्यूजमधेश सम्बादाता सर्लाही,१७ जेठ । प्रदेश २ का सर्लाही जिल्लाको चन्द्रनगर गांउपालिका २ का ९३ जना विपन्न गर्भवती तथा सुत्केरी महिलालाई एकिकृत पोषण प्याकेजवितरण गरिएको छ । राज्यका तीनै अङ्ग तथा विकास साझेदारबाट गर्भवती महिला, सुत्केरी तथा स्तनपान गराउने आमा, पांच वर्षमुनिका बालिबालिका तथा किशोरीलाई कुपोषणको महामारी र त्यसबाट हुन सक्ने सम्भावित मृत्यूबाट बचाउन कुनै […]

न्यूजमधेश सम्बादाता भैरहवा,१७ जेठ ।अपाङ्ग बालबालिकाको सारथीको रुपमा काम गर्दै आएको अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजनाले रुपन्देहीका विभिन्न पालिकाका १२ अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र सक्षम परियोजना बुटवलको आयोजना, सि. बि. एम. को साझेदारी एवं आर्थिक सहयोग तथा विभिन्न नगरपालिका, गाउँपालिकाहरुको समन्वयमा जिल्लाभर […]

मनोज मोरबैता जनकपुरधाम ,१७ जेठ । कोरोना संक्रमण बढिरहँदा धनुषामा लुकाएर मदिरा बेच्ने काम जारी छ । पछिल्लो पटक धनुषा प्रहरीले एक ट्रक मदिरा नियन्त्रणमा लिएको छ । लक डाउनको उल्घन गरी ना. २ ख. ८२७९ नम्बरको ट्रकमा अबैध रुपमा मदिरा लोड गरी जनकपुरधाम उप–महानगरपालका ७ माछा बजार नजिकै रोकिएको पाइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन गर्नका निम्ति सूची बनाएको छ । संविधान संशोधनको प्रस्ताव तयार गरेर संघीय संसदको सचिवालय पुगेपनि शुक्रबार दर्ता भएन् । राजपाले संविधानको ८ वटा धारालाई संशोधन गर्नुपर्ने विधेयक तयार पारेको छ । विधेयकमा संविधानको धारा ६, ७, ११, ८६, २१५, २७४, २८७ र २८७ […]

न्यूजमधेश सम्बादाता सर्लाही,१७ जेठ। सर्लाहीमा बिंडी खाने क्रममा एक व्यक्तिलाई ज्यान गुमाउनुपरेको छ । हरिपूर्वा नगरपालिका ५ बस्ने रामसुकुल साहलाई यसरी ज्यान गुमाउनुपरेको हो । गत जेठ ११ गते बिंडी खाने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्केको थियो । शरीरमै आगो सल्केर सिकिस्त भएका ७० बर्षीय साहलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो । […]

न्यूजमधेश सम्बादाता काठमाण्डू,१६ जेठ ।नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा सञ्चारमाध्यमको विश्वसनीयतासम्बन्धी अध्ययन÷सर्भेक्षण प्रतिवेदन प्रेस काउन्सिल नेपाललाई हस्तान्तरण गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा सबैभन्दा विश्वासिलो सञ्चारमाध्यम टेलिभिजनलाई लिएका छन् । सवेक्षणमा सहभागी ५० प्रतिशतले सबैभन्दा विश्वासिलो सञ्चारमाध्यमका […]

न्यूजमधेश सम्बादाता विराटनगर ,१६ जेठ । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा ‘विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतासहितको पूर्वबजेट छलफल’ समाप्त भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ बमोजिम सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बिहीबार सदनमा पेश गर्नुभएको थियो । सात सिद्धान्त र ४६ प्राथमिकतालाई […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । नयाँ सङ्क्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टिनमा रहेकी एक […]