२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

प्रदेश

विवाहको प्रलोभन देखाएर १७ वर्षिय किशोरीलाई गरे बलात्कार

न्यूजमधेश समाचारदाता राजविराज ,२ पुस। विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका बेला मङ्सिर १५ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । इलाका […]

न्यूजमधेश समाचारदाता काठमाडौ,२ मंसिर।गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगको टोलीले उनीहरुलाई मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।

न्यूजमधेश समाचारदाता विरगंज,१ पुस।अवैध रूपले पर्साको भेडाहा खोलाबाट बालुवा उत्खनन् गरी पैठारी गर्दै गरेको अवस्थामा प्रहरीले बालुवा भरिएको दुइटा ट्याक्टर र ट्याक्टर चालकलाई पक्राउ गरेको छ। पर्सा प्रहरी मातहतको प्रहरी टोलीले भेडाहा खोलाबाट अवैध रूपले उत्खनन् गरी पैठारी गर्दै गरेको अवस्थामा बालुवाले भरिएका दुइटा ट्याक्टर र चालकलाई पक्राउ गरेको हो। पर्सा प्रहरी मातहतको प्रहरी टोली […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम, १ पुस।धनुषाको महेन्द्रनगर बमकाण्डमा मृत्यु भएको परिवारलाई २५ लाखको दरले क्षतिपूर्ति उपलब्ध गराउन नेपाल औषधि व्यवसायी संघ धनुषाले माग गरेको छ । संघका पदाधिकारीले मंगलबार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेतलमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । संघले बम विस्फोटमा घाइते भएकालाई राहतस्वरूप १ लाखका दरले उपलब्ध गराउन र सम्पूर्ण उपचार […]

न्यूजमधेश समाचारदाता गौर,१ पुस।प्रदेश २ का रौतहट जिल्लामा एक सामुदायिक विद्यालयमा तोडफोड भएको छ। रौतहटको गरुडा नगरपालिका वडा नं २ श्री माध्यमिक विद्यालय गेडही गुठ्ठिमा विद्यार्थीहरुद्वारा आइतबार तोडफोड गरेका हुन् । विद्यालयले वितरण गर्ने छात्रवृत्तिलगायत आर्थिक हिनामिना गरेको तथा कक्षाको रोल नम्बर तलमाथी गरेको बिषयलाई लिएर आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेका हुन । सात कक्षादेखि नौ […]

न्यूजमधेश समाचारदाता काठमाडौँ,१ पुस।बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन् । न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो । राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २१ असोजमा एक लाख ४० रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको […]

न्यूजमधेश समाचारदाता काठमाडौं,३० मंसिर।प्रतिनिधिसभाका सांसदहरुलाई ६ करोड दिने बजेटको व्यवस्थालाई चुनौती दिँदै नेपाली कांग्रेसका तीन सांसद अदालत पुगेका छन् । यस आर्थिक वर्षको बजेटमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसदहरुलाई ६ करोड दिने व्यवस्था गरिएको थियो । सर्वत्र आलो चना हुँदाहुँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई खुसी बनाउने ६ करोडको स्थायीय पूर्वाधार साझेदारी कार्यक्रम ल्याएका थिए । प्रतिनिधिसभामा […]

न्यूजमधेश समाचारदाता चितवन,३० मंसिर।नेपालमा अहिले देह व्यापार डरलाग्दो तरिकाले बढ्दै गइरहेको छ । सरकारले सञ्चालन गर्न कानुनी रुपमा मान्यता नदिए पनि मान्छेहरु खाजा घरका नाममा पनि यस्तो कार्य गर्दै आइरहेका छन् । यस्तै, युवतीहरुलाई जबर्जस्ती धन्दामा संलग्न गराएको आरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा […]