०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

प्रदेश

करेन्ट लागेर महतोको मृत्यु

न्यूजमधेश डेस्क बारा ,२० असोज । बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ब्रह्मपुरी निवासी अन्दाजी ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । बारीमा रहेको पानी तान्ने मोटरमा जडान गरेको तारबाट उनलाई करेन्ट लागेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोज बर्दिबासको कार्यालय घेराउ गरेको छ । भ्रष्टाचारीहरुमाथि कारबाही अगाडी बढाउन माग गर्दै जनमत पार्टीका नेताहरुले अख्तियारको कार्यालय घेराउ गरेका हुन् । उनीहरुले अख्तियारको कार्यालय अगाडी भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई कारबाही गर, भ्रष्टाचारका फाइलहरु दर्ता गर ,अख्तियार होसियार ,भ्रष्टाचारीलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असोज ।चुरे तथा वनजंगल संरक्षण अभियानले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई घेराउ गरेको छ । चुरे अभियानी संग गरिएको सम्झौता अनुसार २१ दिन भित्र प्रदेश सरकारले छानवीन गरि प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सार्वजनिक नगरिएको र गैरसुकुम्वासीलाई बाडीएको जग्गा वदरको माग सहित मंगलवार मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो । जनकपुरधामको स्टेशन […]

श्रवण देव जनकपुरधाम ,१८ असोज । ५ असोजमा यहाँ एकै दिन तीन जनाको डुबेर मृत्यु भयो । यसमध्ये दुई जना बालिका थिए भने एक युवती । खडक नगरपालिका वडा नम्बर ८ मुसहरनियाँमा तीन वर्षीया एलिजाकुमारी चौधरीको घर नजिकैको आफ्नै पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भयो भने तिलाठी कोइलाडी गाउँपालिका–२ लौनिया बस्ने १२ वर्षीया सबना खातुनको […]

न्यूजमधेश डेस्क विरंगज ,१८ असोज । आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहँुदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि आवश्यक कोठा नहँुदा साँघुरो भवनबाट सेवाप्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ असोज। प्रदेश २ सरकारले अघि सारेको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा अनियमितता भएको विषयमा चर्चा भइरहँदा त्यही कार्यक्रम अन्तर्गतको ‘छोरी शिक्षा बीमा’मा पनि ब्यापक अनियमितता भएको पाइएको छ । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान नाम दिएर निकै नै तामझामका साथ ल्याइएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ असोज। राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असोज । शनिबार डा .सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको ‘मधेश कभरेज अभियान’ अन्तर्गत मधेशका विभिन्न जिल्लाहरुमा नगर तथा गाउँ अधिवेशन सम्पन्न गरिएको छ । सोही अभियान अन्तर्गत धनुषा जिल्लामा अधिवेशन गर्न बाँकी रहेका चार स्थानीय तहमा एकैसाथ जनमत पार्टीले नगर अधिवेश सम्पन्न गरिएको हो  । सोहि अभियान अन्तर्गत जिल्लाको क्षिरेश्वरनाथ […]