न्यूजमधेश डेस्क झापा, २० माघ । मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा आज भएको आगलागी पाँच घण्टापछि निभाइएको छ। श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो। झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० माघ । ३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ परेका छन् । बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ सय रुपैयाँ घुससहित पक्राउ गरेको हो । साहले जग्गा नामसारीको सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा आयोगको हेटौँडा […]
सप्तरी, २० माघ । जनमत पार्टीले किसान आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) सप्तरीको विभिन्न ठाउँमा चक्का जाम गरेका छन् । जिल्लाको भारदह, रुपनी र कठौना स्थित राजमार्गमा चक्का जाम गरिएको आन्दोलन समितिका संयोजक शिवनन्दन कुशवाहाले जानकारी दिए । उनका अनुसार भारदह स्थित प्रहरीले बाटो खुलाउने प्रयास गरेकाले समान्य घमसाघम्सी भएको हो । हिजो (बुधवार) विभिन्न […]
राजविराज, २० माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित एक विद्यालयमा अभिभावकहरु आन्दोलित भएका छन् । सोही नगरपालिका वाड नम्बर ९ स्थित एस एल पी माध्यमिक विद्यालय महुकी पत्थरगाडामा विद्यालय व्यवस्थापन समिति गठनको मागँ गर्दै आभिभावकहरु अनिश्चिकालीन रिले अनसनमा उत्रेका छन् । विद्यालयमा उक्त समिति नभएकाले विभिन्न अनुदान लगायतका अन्य क्रियाकलापहरुमा समेत समस्या भइरहदाँ आफुहरु आन्दोलित […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ माघ । महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले छापा मारेको छ । गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागी छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ । ‘जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरीको आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेका […]
जनकपुरधाम , ९ माघ । सप्तरीको राजविराजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव विरुद्ध प्रदर्शन सहित पुतला दहन गरेका छन् । जनमत पार्टीका नेता, कार्यकर्ता तथा उनका समर्थहरुले आज (आइतवार) दशन चौक स्थित प्रदर्शन गर्दै मन्त्री यादवको पुतला दहन गरेको हो । रेणु यादवलाई बर्खास्त गर, जनमत पार्टी जिन्दावाद, सिके राउत जिन्दावाद, रेणु […]
जनकपुरधाम, ९ माघ । बारामा प्रतिबन्धित २ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार नवाधा थाना अक्बरपुर का ३८ वर्षीय शिव शंकर बब्लु रहेको छ । जितपुरसिमरा उपमहानगरपालिका–१ सिमरा विमानस्थलबाट बब्लुलाई नेपालमा प्रतिबन्धित २ हजार दरले १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ माघ ।पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेको छ । चिसोको कारण तीन जनाको मृत्यु भएको छ । चिसोको कारण […]