२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

समाज

सर्लाहीको बरहथवामा सोमवार बिहानसम्म थपियो कर्फ्यु

सर्लाही । ​जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरेको छ । यही पुस २० गते शुक्रवार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू […]

दैलेख ।दैलेखको महाबु गाउँपालिका घर भई नयाँ बजारमा व्यवसाय गर्दै आएको भक्तबहादुर राउतको परिवार दुई वर्षअघिसम्म सामान्य दिनचर्यामा थियो । व्यवसाय राम्रै चलेको थियो, परिवारमा खुसी थियो । एकाएक भक्तबहादुर क्यान्सरले थलिए । सास हुन्जेल आस हुन्छ भनेझैँ परिवारका सदस्यले हरसम्भव प्रयास गरे । तर, गत वर्षको १२ मंसिरमा भक्तबहादुरले धर्ती छाडे । न धन रह्यो, न जन । बाबु बितेपछि […]

पिथौरागढ । बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन्। उनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन्। पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दैआउनुभएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउछन्। ‘नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ’, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दैआएका बोहराले […]

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरेर वडालाई बालविवाह र छुवाछुत मुक्त घोषणा गरिएको हो । घोषणा सभामा बोल्दै सभामुख घर्तीमगरले बालविवाह तथा छुवाछुतलाई कानुनले […]

जनकपुरधाम । भारतको उत्तर प्रदेशमा पर्ने अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर नजाने जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले बताएका छन् । जानकी मन्दिरकै सहायक महन्त रामरोषण दासले दुई दिन अगाडी पत्रकार सम्मेलन गरी राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर जाने बताएका थिए । उनले कोसेली व्यवस्थापनका लागि ११ सय सदस्यीय समिति समेत […]

जनकपुरधाम । महोत्तरीको मटिहानी गान्धीगल्ली सीमा ईलाकामा सशस्त्र प्रहरीको टोलीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मटिहानी २, बरदाहाका ५२ वर्षीय अनवर शेख छन् । उनलाई ईलाकामा बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र प्रहरी नायव निरीक्षक प्रेम बहादुर भुजेलको कमाण्डको टोलीले पक्राउ गरेको हो । शेखको साथबाट लागूऔषध डाईजापाम ईन्जेक्सन ५५६ […]

वीरगन्‍ज । वीरगन्‍ज नाकाबाट एक वर्षको अवधिमा २ सय ६० जनाको उद्धार भएको छ। माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो। उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेश प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन्। संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेश प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी […]

दाङ । रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन । घोराही–११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन् । उनले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरुआतमा रु १६ लाख रुपैयाँ ऋण लिएर थालेको जलजला कृषि तथा पशुपालन फार्मले अहिले राम्रो आम्दानी पनि दिएको छ । नेपाल प्रहरीको जागिर र […]