१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

स्वास्थ्य

आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल प्रदेश २ द्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री

न्यूजमधेश डेस्क सप्तरी ,१२ जेष्ठ । आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल प्रदेश २ ले सप्तरीका सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवलाई आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव र मिडिया काउन्सिलका अध्यक्ष शिबहरी भट्टराइले स्वास्थ्य सामाग्री हस्तान्तरण गरका हुन्  । हस्तान्तरित स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क ५० […]

दुर्गा देवकोटा कैलाली ,११ जेष्ठ । कैलालीको जानकी गाउँपालिकाले कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई मोबाइलबाट परामर्श दिन थालेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरुको हौसला बढाउन मोबाइल सेवा दिइरहेको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामार्फत् गर्भवतीलाई टेलिफोनबाट परामर्श दिने, उनीहरुको मनोबल बढाउने काम थालेको हो । […]

न्यूजमधेश डेस्क चितवन ,११ जेष्ठ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । पर्याप्त अक्सिजन सहितका सिलिण्डर नहुँदा सङ्क्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि दैनिक करिब १ सय ८० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । अस्पतालमको अक्सिजन प्लाण्टको ५० वटा मात्रै सिलिण्डर […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । निको हुने दर ७६.६ प्रतिशत […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १६९ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ६,७०० जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.२७ प्रतिशतले ज्यान गुमाएका छन्। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।

न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ । सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ । अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरीद लागि थप १२ अस्पतालका लागि आज रु ८ करोड १० लाख निकासा दिएको हो । यसरी […]

न्यूजमधेश डेस्क कैलाली ,८ जेष्ठ । दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ । अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको […]

संजय मिश्रा रौतहट,८ जेष्ठ । निर्वतमान सहरी विकास मन्त्री प्रभु साहले रौतहटका सबै स्थानीय तहहरूलाई अक्सिजन सिलिण्डसहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्। उनले व्यक्तिगत पहलमा जिल्लाको १८ वटै स्थानीय तहमा १० ओटाको दरले अक्सिजन सिलिण्डर, ३ ओटा सेनिटाइजर (५÷५ लिटरको), १ हजार ओटा मास्क, १५ ओटा अक्सीमीटर, १५ सेट पीपीई, ३ बक्स ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री […]