०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

स्वास्थ्य

पछिल्लो २४ घण्टामा १६९ कोरोना सङ्क्रमितका मृत्यु, मृत्यु हुनेको सङ्ख्या ६७ सय

न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १६९ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ६,७०० जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.२७ प्रतिशतले ज्यान गुमाएका छन्। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।

न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ । सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ । अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरीद लागि थप १२ अस्पतालका लागि आज रु ८ करोड १० लाख निकासा दिएको हो । यसरी […]

न्यूजमधेश डेस्क कैलाली ,८ जेष्ठ । दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ । अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको […]

संजय मिश्रा रौतहट,८ जेष्ठ । निर्वतमान सहरी विकास मन्त्री प्रभु साहले रौतहटका सबै स्थानीय तहहरूलाई अक्सिजन सिलिण्डसहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्। उनले व्यक्तिगत पहलमा जिल्लाको १८ वटै स्थानीय तहमा १० ओटाको दरले अक्सिजन सिलिण्डर, ३ ओटा सेनिटाइजर (५÷५ लिटरको), १ हजार ओटा मास्क, १५ ओटा अक्सीमीटर, १५ सेट पीपीई, ३ बक्स ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री […]

संजय मिश्रा रौतहट ,८ जेष्ठ । निवर्तमान सहरी विकास मन्त्री प्रभु साहको पहलमा ३० थान अक्सिजन सिलिन्डरसहित स्वास्थ सामग्री जिल्ला प्रशासन कार्यालय रौतहटमा हस्तान्तरण गरिएको छ । कोविड १९ को उच्च जोखिममा रहेको रौतहट जिल्लाका सिडियो इन्द्र देव यादवलाई मौलापुर नगर प्रमुख रिना कुमारी साहले अक्सिजन सिलिन्डर सहित स्वास्थ सामग्री हस्तान्तरण गरकी हुन े । […]

न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न पाउनुभएको छ, न त खान नै । अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहनुभएका डा राजभण्डारीलाई सङ्क्रमणसम्बन्धी दैनिक ४०० भन्दा बढी फोन र […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ जेष्ठ । भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ । राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, “हालैको एक अध्ययनबाट झण्डै […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ जेष्ठ । ‘प्रभु हस्पिटल’ नाम सुन्ने वित्तिकै मानिसलाई प्रभु (भगवान) नै हो कि भन्ने भान हुन्छ । हुनु पनि स्वभाविक नै हो । नामै प्रभु छ । तर नाम मात्रै प्रभु भएर पूजा गर्न लायक नहुने रहेछ । त्यसको लागि काम पनि भगवान (प्रभु) को जस्तै गर्नुपर्छ । प्रभु हस्पिटल नाम मात्रैको […]