१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

समाज

मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाए रवि लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् । आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलामा कमला बचाउ अभियानको पाँचौ वार्षिकोत्सबको अवसरमा महाकमला आरतीको आयोजना गरिएको थिए ।सोही अवसरमा सभापति लामिछाने आरतिमा सहभागी भएका थिए । आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । संसदीय विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका डा. राउत आइतबार बिहान भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोटको भेरी गाउँपालिका पुगेका हुन् । अध्यक्ष राउतले भूकम्पबाट अति प्रभावित घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेका छन् । भेरी गाउँपालिकाको वडा नम्बर १ मा उनले करिब दुई […]

मानिसको मनमा विभिन्न भावना आइरहेको हुन्छ, तीमध्ये केही नकारात्मक भावना पनि हुन्छन् । त्यस्तो भावना आउँदा एक किसिमको असहजता र तनाव पनि हुन्छ । जब यस्ता भावनाहरू आउँछन् हामी तुरुन्तै त्यसलाई अस्वीकार वा स्वीकार गर्न सक्दैनौं । मनमा आएका नकारात्मक भावनालाई हटाउन हामी विभिन्न उपाय अपनाउँछौं । नकारात्मक मनोवृत्तिले हामीलाई असुरक्षित महसुस गराउँछ । त्यसकारण […]

जनकपुरधाम । सुँगुरलाई पशुले मार्न लगाएर धनुषाको विदेह नगरपालिका-३ गोबराहीमा ‘हुराहुरी’ मनाइएको छ । सुँगुरलाई बाँधेर बलिया गाई, भैंसी र गोरुबाट मार्न लगाउने खेललाई ‘हुराहुरी’ भनिन्छ । यो एक प्रकारको अनौठो र हिंसात्मक खेल हो । सुँगुरलाई लखेटी लखेटी मारिरहेका बेला ढोल बाजा बजाइन्छ । लक्ष्मी पूजा अर्थात् दिपावलीको विहानपल्ट तराई/मधेशमा ‘हुराहुरी’ मनाइन्छ । विगतमा […]

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले धनुषाको प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई खटाएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत शर्माको बिहीबार काज सरुवा भएको हो। यसअघि धनुषाको प्रहरी प्रमुख रहेका एसपी विश्वराज खड्कालाई कारबाहीस्वरूप हटाइएको थियो। आरती साहको मृत्यु प्रकरणमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई जिम्मेवारीबाट हटाएको हो।

काठमाडौँ । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत गरिएको छ । पटक-पटकको निर्देशनपछि पनि केही कर्मचारी कार्यालय समयमा उपस्थीत नभएपछि दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फुलले स्वागत गरेका हुन् । मेयर चौधरीका अनुसार आज २० जना कर्मचारीले फुल पाएका छन् । उनीहरू विभिन्न कारण देखाउँदै पन्छिन खोजेका थिए । पालिकामा कार्यरत कर्मचारीहरू समयमा […]

राजविराज ।सप्तरीमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जनाको संख्यामा नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। बुधबार राजविराजस्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन। नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो। सो कार्यक्रममा राष्ट्रिय […]

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन साह नियुक्त भएका छन् । प्रदेश सरकारको गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मधेस प्रदेश नीति आयोगको गठन तथा कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ३ को उपदफा (२) […]