२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

न्यूजमधेश डेस्क धनुषा ,१२ कार्तिक ।मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् […]

न्यूजमधेश डेस्क सुनसरी ,१२ कार्तिक । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा हिजो बेलुकी दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोरङको बूढीगङ्गाका ३० वर्षका ओजराज लुइँटेल, धरान उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षका राजन राई र ३२ वर्षका शम्भु राई रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले […]

न्यूजमधेश डेस्क राजविराज ,१२ कार्तिक ।तात्कालिक मधेशी जन अधिकार फोरम ,नेपालबाट प्रथम संविधान सभा सदस्य बनेका बीपी यादव जनमत पार्टीमा प्रवेश भएका छन् । शुक्रबार राजविराज नगरपालिका १२ मा आयोजित घरदैलोको क्रममा प्रथम संविधान सभा सदस्य बीपी यादवले जनमत पार्टीमा प्रवेश गरेका हुन् । संबिधान सभा सदस्य यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी क्षेत्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२  कार्तिक । छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार ‘‘नहाय–खाय’ विधिबाट व्रत सुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन्। छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ। यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर […]

न्यूजमधेश डेस्क बारा ,१० कार्तिक । २० किलो अवैध गाँजासहित बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित घुसुकपुर टोलबाट प्रहरीले पाँच पक्राउ गरेको हो । स्थानीय सुनिता देवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो । सो क्रममा […]

न्यूजमधेश डेस्क महाेत्तरी ,१० कार्तिक। महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । आज बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवले जानकारी दिनुभयो । आज बिहान झन्डै १० […]

न्यूजमधेश डेस्क राजविराज ,१० कार्तिक । सशस्त्र प्रहरी बल विओपि र प्रहरी चौकी बेल्हीले विभिन्न स्थानबाट बरामद गरेको पटाका नष्ट गरिएको छ । सशस्त्र प्रहरी निरिक्षक बसन्त कटुवा र प्रहरी चौकी बेल्हीका इन्चार्ज राजलाल महतोले संयुक्त रुपमा ३५ हजार ४ सय ७४ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो । विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका […]

लिलाराज खड्का बिर्तामोड, ९ कार्तिक। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका ९ मिलनचौकमा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । उहाँको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधवार पूर्वबाट पश्चिमतर्फ आउँदैगरेको प्रदेश १–०१–०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट […]