न्यूजमधेश डेस्क लहान ,२६ श्रावण । विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७÷७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ । विभिन्न घटनामा संलग्न रही अदालतबाट तोकिएको कैद सजाय, जरिवाना नतिरी फरार अभियुक्तलाई […]
न्यूजमधेश डेस्क राजविराज ,२६ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिकामा वडा स्तरीय युवा जनमत संघ र महिला जनमत संघ गठन गरिएको छ । मंगलबार जनमत पार्टी बोदेबर्साइन नगरपालिका ७ का वडा अध्यक्ष गोसाई साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी नगर अध्यक्ष खुश्बु यादव रहेकी छिन् । सो कार्यक्रममा वडा स्तरीय […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ श्रावण। आरती साहलाई एसिड प्रहार गरेको आरोपमा धनुषा जिल्ला अदालतले उनका श्रीमान् सञ्जीव साहलाई कसुर गरेको ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको छ । एसिड विक्रेता नागेन्द्र साहको हकमा भने अदालतले सफाइ दिएको हो । जिल्ला अदालतका न्यायधिश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेको आरतीका श्रीमान् सञ्जीवलाई […]
न्यूजमधेश डेस्क सर्लाही ,२५ श्रावण । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सांसद विकास कोषबाट प्राप्त भएको रु १५ लाख कागजी प्रतिवेदन मै सम्पन्न गरिएको जनगुनासो छ । वडा नं १ को किसनपुरस्थित सडक मर्मतका लागि निकासा भएको सो रकम काम नै नगरी सकिएको आरोप लगाइएको हो । गाउँपालिकाले असार १५ गते नै सडक स्तरोन्नति भइसकेको भन्दै प्रतिवेदन […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ श्रावण । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरिएका नियुक्ति कानुनसम्मत भएको लिखित राय दिनुभएको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पेस गरिएको प्रधानन्यायाधीश राणाको लिखित जवाफमा संवैधानिक परिषद्ले संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ अनुसार गरिएका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ श्रावण । अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो । केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौँ लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले पनि आक्रमणका घटनालाई बढाउँदै लगेको […]
न्यूजमधेश डेस्क सप्तरी ,२४ श्रावण । प्रदेश–२ का प्रमुख राजेश झा ‘अहिराज’ ले सकारात्मक सन्देश फैलाउन सुरक्षा निकाय, कर्मचारी र पत्रकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । सप्तरीको सुरक्षा निकायका पदाधिकारी र पत्रकारबीच भएको आज अन्तरक्रियामा उहाँले हरेक नागरिकलाई देशप्रति गर्व र मधेसप्रति मायाको भावना जागृत गराउन एकजुट हुनुपर्ने बताउनुभयो । भ्रष्टाचारीको जात, धर्म, आस्था […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२२ भाद्र।धनुषाको जनकनन्दिनी गाउँपालिकाका ४ जना वडासदस्यले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छ्न। तत्कालीन संघिय समाजवादी पार्टीबाट निर्वाचित भएका चार जना वडा सदस्यले प्रदेश निर्वाचन कार्यलयमा जनकपुरधाम पुगेर लोसपामा रहेको सनाखत गरेका हुन। सनाखत गर्ने सदस्यहरुमा गाउँपालिकाका वडा नम्बर १ का जान मोहम्मद र वडा नम्बर ६ का महिन्द्र सहनीले आज सनाखत गरेका छ्न […]