न्यूजमधेश डेस्क जलेश्वर ,२५ जेष्ठ । महोत्तरीको लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी–६ बस्ने राजकरण साहको घरमा चाररपाँच अज्ञात व्यक्तिको समूहले प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी […]
न्यूजमधेश डेस्क सर्लाही,२५ जेष्ठ । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीको सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आइरहेका एक जोडी आफू कोरोना सङ्क्रमित भएर पनि अन्य सङ्क्रमितको उपचारमा दिनरात लागिरहेका छन् । गतवर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले बन्दाबन्दी गरेपछि अलपत्र परेका पैदल यात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका यो दम्पती यस पटकको सङ्कटमा भने सङ्क्रमितको उपचारमा […]
न्यूजमधेश डेस्क विरगंज ,२५ जेष्ठ । नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत उपभोक्ता समितिबाट रु ३८ करोड ९३ लाख ७४ हजार ५८१ बक्यौता रकम उठाउन सकेको छैन । पर्सा जिल्लामा रहेका १४ स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतमा रहेको १३ वटा स्थानीय तहमा रहेको २९ वटा विद्युत् उपभोक्ता समितिमध्ये २२ वटा उपभोक्ता […]
न्यूजमधेश डेस्क उदयपुर ,२५ जेष्ठ । दीर्घरोगका कारण लामो समय थलिएको बालबहादुर थापा मगरको मत्यु भएपछि छिमेकीले कोरोनाको आशंकामा उनको शव छुन नमानेपछि दुई छोरीले आफैले शबयात्रा गरि दाह संस्कार गरेका छन् । उनको छोरी भगवती र कुमारीले शबयात्रा पछि दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् । आफन्त र दाजुभाइ नहुँदा उदयपुरको कटारी नगरपालिका–५ बरमझियाका […]
न्यूजमधेश डेस्क कुवेत ,२५ जेष्ठ ।कुवेतमा चर्को घाममा काम लगाउने ६६ वटा रोगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको छ । कुवेतले दिउँसोको चर्को घाममा काम लगाउन नपाईने नियम लगाए पनि उक्त नियमलाई उलङ्घन गर्दै श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको कुवेत सोसाइटी फर ह्युमन राइट्सले जनाएको छ । सरकारले नियम लागू गरे पनि […]
न्यूजमधेश डेस्क सर्लाही ,२४ जेष्ठ । स्थापना हुनुअघि पारदर्शी ढङ्गले वातावरण प्रभाव मूल्याङ्कन हुनुपर्ने भए पनि सर्लाहीका अधिकांश क्रसर उद्योगले आधारभूत मापदण्ड पूरा गरेका छैनन् । मापदण्डअनुसार क्रसर उद्योग मुख्य सडकमार्ग र खोला किनारबाट पाँच किमी र हाइटेन्सन लाइनबाट एक किमी दूरीमा हुनुपर्छ । शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ जेष्ठ । प्रदेश नं. २ को बजेट अधिवेशनका रूपमा सातौं अधिवेशन आजदेखि शुरू भएको छ । सभामुख सरोजकुमारको अध्यक्षतामा भएको बैठकको प्रारम्भमा नेपाली कांगे्रस संसदीय दलका नेता रामसरोज यादव , एमाले संसदीय दलका नेता शत्रुधन महतो ,जनता समाजवादी पार्टीका संसदीय दलका उप नेता राअशीष यादव, माओवादी केन्द्रका संसदीय दलका नेता भरत […]
न्यूजमधेश डेस्क पाकिस्तान,२४ जेष्ठ । पाकिस्तानमा दुई रेल एक आपसमा जुध्दा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। रेडियो पाकिस्तानका अनुसार दुर्घटना सोमबार विहान भएको थियो र मृतकको संख्या बढ्न सक्छ। पाकिस्तान रेलवेका प्रवक्ताका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा र सर सैयद एक्सप्रेस रावलपिण्डीबाट कराची […]