न्यूजमधेश डेस्क सर्लाही ,२२ जेष्ठ । सर्लाहीको बाँके वन क्षेत्रबाट तस्करी भएका काठ र सो कार्यमा संग्लग्न ट्याक्टरलाई सव डिभिजन वन कार्यालय माइस्थान, महोत्तरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको सालको गोलिया तस्करी हुँदै गरेको अवस्थामा बरामद भएको वन कार्यालय, माईस्थानका प्रमुख […]
न्यूजमधेश डेस्क राजविराज ,२२ जेष्ठ । सप्तरीको कञ्चनरुप नगरपालिका–१ ले विश्व वातावरण दिवसका अवसरमा आज कब्रिस्तान र वडा कार्यालयको प्राङ्गणमा वृक्षरोपण गरेको छ । सो क्रममा नगरप्रमुख वसन्तकुमार मिश्रले बढ्दो वायु प्रदुषण घटाउन र जलवायु परिवर्तन अनुकूलन गर्न वृक्षोपण महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले वातावरणीय असर परिरहेकोले रुखबिरुवाको संरक्षणमा जोड दिनुभयो । कब्रिस्तान र वडा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२२ जेष्ठ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सधैँ खटिइरहने बताउनुभएको छ । जुनसुकै भूमिकामा रहे पनि नागरिकको सेवा र देशको विकास गर्नु आफ्नो प्रमुख दायित्व भएकाले सोहीअनुसार सधैँ निरन्तर लागि रहने उहाँको प्रतिबद्धता थियो । नवनियुक्त मन्त्रीहरूलाई आज शुभकामना व्यक्त गर्ने क्रममा निर्वतमान मन्त्री आलेले भन्नुभयो, “हामी […]
न्यूजमधेश डेस्क काठमाडौं ,२२ जेष्ठ । आज विश्व वातावरण दिवस । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाइँदैछ। वातावरण संरक्षण गर्न विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ जुन ५ देखि १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण […]
न्यूजमधेश डेस्क काठमाडौं ,२२ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता उमाशंकर अरगरिया मन्त्री बनेका छन् । उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री पद सम्हालेलगत्तै उनले क्रान्तिकारी निर्णयबाट कार्यभार सुरु गरेका छन् । उनले मधेसमा कायापलट गर्न भिजनका साथ जनकपुरधामको रामजानकी मन्दिरलाई विश्व सम्पदा सूची (युनेस्को) मा […]
न्यूजमधेश डेस्क काठमाडौं,२१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) दुई चिरा परेपछि केन्द्रकोे प्रभाव प्रदेश २ मा पनि देखिने भएको छ। प्रदेश २ मा सबैभन्दा बलियो शक्ति रहेको जसपाको उपेन्द्र यादव पक्षले सत्ता समीकरणमा कांग्रेसको साथ खोजेपछि वैकल्पिक सरकार बन्ने सम्भावना देखिएको हो। जसपा अध्यक्ष यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका […]
न्यूजमधेश डेस्क टीकापुर, २२ जेष्ठ । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए । लामो समयको बन्द र विद्यालय खोल्ने वातावरण नभएपछि जिल्लाका स्थानीय तहले आन्तरिक […]
नानीमैया कटवाल सप्तरी,२१ जेष्ठ । अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ […]