१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

महाधिवेशनका लागि डा सीके राउतले मागे आर्थित सहयोग

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ फागुन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रथम महाधिवेशनका लागि आर्थिक सहयोगको आह्वान गरेका छन्। डा. राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरमा ऐतिहासिक प्रथम महाधिवशन गर्न लागेको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका हुन्। महाधिवेशनलाई भव्यताका साथ सफल पार्न आवश्यक सहयोगका लागि पार्टीका सम्पूर्ण सदस्य तथा आम जनसमुदायसंग अपिल […]

दुर्गा देवकोटा टीकापुर, २० फागुन । विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ । मोती माविकी छात्रा मुना जिसी आफूलगायत साथीहरुलाई महिनावारीको समयमा बढी […]

न्यूजमधेश डेस्क जलेश्वर ,२० फागुन । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको निलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतीबारीमा […]

न्यूजमधेश डेस्क लहान ,२० फागुन । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । राजमार्गमा बढ्दो सवारी चापलाई दृष्टिगत पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ६ र ४ लेनको सडक निर्माण गर्न लागिएको हो । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट सिरहाको कमला नदीसम्मको सडकलाई चार र छ लेनमा स्तरोन्नति गर्ने काम अघि बढाइएको कञ्चनपुर–कमला सडक आयोजनाले जनाएको छ । […]

न्यूजमधेश डेस्क वीरगञ्ज, १९ फागुन ।पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारी साधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ । जिल्लाको प्रमुख बजार वीरगञ्ज, पोखरियालगायत शहरहरूमा चल्ने इरिक्सा र अटोरिक्साका चालकसँग सवारी […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ फागुन । आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका ५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान महलमा मुद्दा दर्ता गरेको छ । राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० वर्षीय […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ फागुन।सरकार र विप्लव समूहबीच भएको पहिलो औपचारिक वार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमै आज बिहान ९:१५ मा वार्ता सुरु भएको थियो। नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु,ु वार्तापछि सरकारी वार्ता टोलीका सदस्य राजन […]

न्यूजमधेश डेस्क कैलाली, १९ फागुन । जनता समाजवादी पार्टी ९जसपा० का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताउनुभएको छ । महेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले प्रतिनिधिसभा पुनःस्थापन भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । नैतिकताका आधारमा राजीनामा नदिएका ओलीलाई हटाउने तागत उहाँकै पार्टी नेकपासँग मात्रै रहेको छ, […]