०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

कोही लोकतन्त्रवादीहरु चुनावबाट भाग्न सक्दैन : मन्त्री साह

न्यूजमधेश डेस्क गौर, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् । आज रौतहटको बौधीमाई नगरपालिकाको सरमुजवामा नवनिर्मित स्वास्थ्य चौकीको भवन उदघाटन गर्दै मन्त्री साहले लोकतन्त्रलाई मान्ने सबै पक्षलाई चुनाव सफल पार्नका लागि आह्वान गरेका छन् । मन्त्री साहले […]

न्यूजमधेश डेस्क झापा ,८ फागुन। पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ । शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ फागुन। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । मन्त्रिपरिषदको सिफारिसमा […]

न्यूजमधेश डेस्क काठमाडौ,७ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद छताछुल्ल भएर बाहिर आएको छ । जसपाका शीर्ष नेताहरूभित्र मेल हुन नसकेपछि पार्टी फुटको नजिक पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईसँग मिलेर पूर्व राजपावाला नेताहरूको राजनीति सिध्याउन लागेपछि पार्टी फुटको नजिक पुगेको हो । उपेन्द्र र बाबुराम जसपामा हाबी भएका […]

लोकेन्द्र यादव राजविराज ,७ फागुन । सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार देखि वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेका थिए । आज पहिलो दिनको खेल वडा नम्वर १० र वडा नम्वर ९ देउरीको बिच भएको थियो । टस जितेर वडा नम्वर १० […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उहाँलाई आज प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाउनुभएको छ । यसअघि राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को […]

न्यूजमधेश डेस्क काठामाडौं,७ फागुन । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैगरी कांग्रेसले गाउँ÷नगर वडा अधिवेशन आगामी असार […]

न्यूजमधेश डेस्क काठमाडौं,६ फागुन  । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा उहाँले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको […]