०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

भारतमा किसान आन्दोलन : ९औं पटकको वार्ता पनि असफल

न्यूजमधेश डेस्क पटना,३ माघ।केन्द सरकारले जारी गरेको कृषि कानुनको विषयमा भारतका किसान करिब २ महिनादेखि आन्दोलनमा छन् । शुक्रबार किसानका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच ९औं पटक वार्ता भएको थियो । त्यसले पनि कुनै निष्कर्ष निकाल्न नसकेको भारतीय मिडियाहरुले खबर दिएका छन् । किसान प्रतिनिधिसँग शुक्रबार भारत केन्द्र सरकार का तीन मन्त्रीले वार्ता गरेका थिए । […]

न्यूजमधेश डेस्क सर्लाही ,२ माघ।एक सातादेखिको बढेको कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो। अचानक बढेको चिसोले विशेष गरी विपन्न, दलित र सुकुम्वासी परिवार बढी प्रभावित भएका छन्। यसै गरी चौपाया र पशुपंक्षी पनि चिसोले नराम्ररी प्रभावित भएका छन्। […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ माघ।जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि मर्यादाक्रम विवाद चर्किएको छ । पुर्वराजपा र समाजवादी पार्टीबीच एकतापछि मर्यादाक्रमबारे सुरुदेखि नै विवाद रहँदै आएको थियो । संसद विघटनको विरोधमा सिराहामा आयोजना हुन लागेको कार्यक्रममा मर्यादाक्रम मिचेर नाम राखिएको भन्दै नेता राजकिशोर यादवले असन्तुष्टि जनाएपछि विवाद सतहमा आएको हो । शनिवार हुने जनप्रदर्शन एवम् विरोध […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ माघ। मुलुकको संघीय राजधानी काठमाडौंसहित तराईंका जिल्लाहरुमा बाक्लो कुहिरो र हुस्सु लागेको छ । देशका अधिकांश स्थानमा बादल लागेसँगै ‘भिजिबिलिटी’ घट्दा आन्तरिक उडानसमेत प्रभावित बनेको छ । मौसममा आएको खराबीका कारण विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढीलगायतका विमानस्थलमा आन्तरिक तर्फका सबै उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ माघ।संखुवासभा-महोत्तरी ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको एक समारोह बीच शिलान्यास गरिएको छ । अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत संखुवासभाको खांधवारीदेखि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका हुँदै भारतीय सीमा भिठ्ठामोडसम्म ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको बिहिवार शिलान्यास गरिएको हो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जिल्लाको भङहा नगरपालिकामा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ माघ।मधेशको मुटु मानिएको चुरे वन माशिने क्रम दिनप्रतिदिन बढदै जानु र खोलाहरु प्रत्यक्षरुपमा उत्खनन भइरहदा पनि सम्वन्धित निकाय मौन देखिएको छ । प्रदेशका आठवटै जिल्लामा वन माशिने क्रम जारी रहेको छ भने नदि नदिको दोहन जारी छ । धनुषाको चारनाथ, सिरहा जिल्लाको बनमा मारुती सिमेन्ट उद्योगका संचालक अनुज राठी र मनोज […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ माघ।पूर्वाधार निर्माणको गति यो वर्ष पनि सुस्त देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महीना बित्दा विकासलक्षित पूँजीगत खर्च कुल विनियोजनको १४.४ प्रतिशत मात्रै भएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, पुस मसान्तसम्ममा रू. ५० अर्ब ८१ करोड ७० लाख मात्रै खर्च भएको छ। यो आर्थिक वर्षका लागि सरकारले रू. ३ खर्ब […]

न्यूजमधेश डेस्क काठमाडौं,१ माघ। थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यस पर्व मनाइन्छ […]