न्यूजमधेश डेस्क जनकपुरधाम,२७ पुस । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई आफ्नै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका छन् । संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २७ पुस। जनकपुरधामका पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस जनकपुरधाम उप–महानगरपालिकाले मनाएको छ । आज विहान उप–महानगरपालिकामा स्मृति दिवस मनाइएको छ । पत्रकार सिंह प्रति श्रद्धासुमन अर्पण गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको प्रति दुःख व्यक्त गरेका थिए । उनले पत्रकार सिंहको विभत्स हत्या हुनु […]
• नित्यानन्द मण्डल जनकपुरधामको गंगासागर पोखरीको दक्षिणी डिलमा रहेको स्वर्गद्वारी श्मसानघाटमा पत्रकार महासंघका तत्कालीन सभापति धर्मेन्द्र झा भकानो फुट्ने गरी रुदैं चिच्याउँदै थिए । मेरो नजिक आएर उनी रोइरहँदा मैले पनि मन थाम्न सकिन । मेरो एक दशकको पत्रकारिता र साहित्यिक यात्राको क्रममा सायद उनी आप्mनो जीवनमा पहिलोपटक यसरी रोएका होलान् । यसरी उनी रुनुको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२६ पुस। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२६ पुस।अंग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुँडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं १८२४ मा भएको अंग्रेजसँगको लडाइमा पुर्खाले प्रयोग गरेका घरेलु हतियार संकलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । खत्रीले […]
न्यूजमधेश डेस्क बारा,२६ पुस।बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । प्रहरीका अनुसार निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा गएराति १० बजे प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो । समूहमा रहेका तस्करले प्रहरीलाई देख्नेबित्तिकै गोली फायर गर्दा प्रतिकारमा पाँच राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२५ पुस।डा सीके राउत नेतृत्वका जनमत पार्टीको जनवर्गीय संगठन सांस्कृतिक जनमत संघ धनुषा गठन भएको छ। शनिबार जनकपुरधाम स्थित गोपाल धर्मशालामा आयोजित एक कार्यक्रम विच सांस्कृतिक जनमत संघ धनुषा बिवेक कुमार राउतको नेतृत्वमा ५१ सदस्यीय जिल्ला स्तरीय कार्यसमिति गठन गरिएको छ। सो कार्यसमितिको उपाध्यक्षमा रंजिता कुमारी साफी ,शंक्कर सहनी ,सचिवमा शिव कुमार साह,सह-सचीवमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२५ पुस। नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने मांग गर्दै राष्ट्रिय एकता अभियानले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा वृहत शक्ति प्रदर्शन गरेका छन । जनकपुरधामको रेलवे स्टेशनबाट निस्केको सयौंको संख्यामा निस्केको रैली नगरको विभिन्नको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो । सो कोण सभालाई सम्बोधन गर्दै […]