न्यूजमधेश डेस्क काठमाडौं ,२९ पुस।नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीका लागि बढुवा सिफारिस गरेको हो । एसएसपीमा बढुवा सिफारिस हुनेमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्ण्हरी शर्मा पोखरेल, […]
न्यूजमधेश डेस्क काठमाडौं,२९पुस । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमीनमा पिलर गाडेपछि स्थानीयवासीले अवरोध खडा गरेका छन् । सो विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको डिपिआर तयारीको लागि सर्भे गर्ने भनेर निजगढ आएको टोलीलाई स्थानीयवासीले बस्तीबीचबाट सर्भे नगर्ने भनी अवरोध खडा गरेका छन् । सर्भे टोलीका प्रमुख सवइञ्जिनीयर […]
न्यूजमधेश डेस्क काठमाडौं ,२९ पुस। नेकपा ओली समूहका नेताहरूले निर्वाचन आयोगलाई आसन्न मध्यावधि चुनावका कार्यक्रमलाई नरोक्न आग्रह गरेको छ । बुधबार आयोगकै कार्यालयमा पुगेर ओली समूहका नेताहरूले निर्वाचनका कार्यक्रम नरोक्न आग्रह गरेका हुन् । आयोगमा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, उर्जामन्त्री टोपबहादुर रायमाझीलगायत गएका थिए […]
साधना प्रतीक्षा विद्यमान प्रतिकूल परिस्थितिमा तीन महिनामा सर्वसाधारणले रीतपूर्वक बिहे त गर्न सक्दैनन् भने हाम्रोजस्तो गरिब राष्ट्रले आम निर्वाचन गर्ला भनेर कसरी पत्याउने ? निरन्तर बढ्दो जाडोले वातावरण जति कठ्यांग्रिँदै छ, राजनीतिक परिस्थितिबारे बहस पनि त्यति नै तात्दै छ । चोक, बजार, चौतारो या चियापसल सबैतिर सुनिने बहसको पक्ष–विपक्ष भने एकै प्रकारको छ– ‘प्रधानमन्त्रीले यस्तो असंवैधानिक निर्णय […]
न्यूजमधेश डेस्क क्वालालम्पुर ,२८ पुस।मलेसियाका राजा अल सुल्तान अब्दुल्लाहले कोभिड-१९ लाई रोक्न मंगलबार देशभर आपतकालिन अवस्थाको घोषणा गरेका छन्। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सो आपतकालिन स्थिति अगस्ट १ वा त्यसभन्दा अघिसम्म पनि रहन सक्ने मलेसियन सरकारद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ। अल सुल्तान अब्दुल्लाले भने, ‘कोभिड-१९ को संक्रमण ज्यादै बढेको छ। त्यसैको नियन्त्रणका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२७ पुस।रामजी रामलाई एमबीबीएस अन्तिम वर्षको परीक्षामा सामेल गराउन चिकित्सा शिक्षा अयोगले निर्देशन दिएको छ । आयोगले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई पत्र पठाउँदै रामजीलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको हो । रामजी रामको सम्पूर्ण शिक्षण शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको हुँदा उनलाई परीक्षामा सामेल गराउन आयोगकाे निर्देशन छ । शुल्क नतिरेको […]
न्यूजमधेश डेस्क कलैया , २७ पुस। बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिका- १ महेन्द्र आदर्श जयनगर चिउटाहास्थित श्री राम चरित्र माध्यमिक विद्यालयमा आइतबार राति चोरी भएको छ । विद्यालयमा रहेको तिन वटा कम्प्युटर सेट चोरी भएको विद्यालय व्यस्थापनले जानकारी दिएको छ । विद्यालयमा रहेको कोटाको झ्यालको रड भाचेर ३ वटा मोनिटर र ३ वटा सिपियु चोरी […]
न्यूजमधेश डेस्क पर्सा,२७ पुस। जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकमा राजीतिक अस्थिताको वातावरण निर्माण गरेको आरोप रहेको छ । जसपा पर्साले आज वीरगञ्जमा अयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिता उत्पन्न गरेको तथा लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको छ भन्नुभयो । पूर्वउपप्रधानमन्त्री […]