०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

हिंसाविरुद्ध कविता

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ मंसिर । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा लैङ्गिक हिंसाविरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको आयोजना र मैथिली महिला परिषद्को संयोजनमा भएको प्रतियोगितात्मक मैथिली कविता गोष्ठीमा राज राय प्रथम, पिङ्की झा द्वितीय र मीना साह तृतीय हुनुभएको छ । […]

न्यूजमधेश डेस्क सिरहा ,१६ मंसिर । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ । यसका साथै कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको मालपोत कार्यालय लहानका निमित्त प्रमुख दीपेन्द्रनारायण […]

न्यूजमधेश डेस्क राजविराज ,१५ मंसिर ।सप्तरीको कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरमा १५ श्ययाको अस्पताल शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ श्ययाको अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीति अनुसार कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले शिलान्यास गर्नुभयो ।विसं २०५३ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्राथमिक अस्पताल बनाउन थालिएको हो । सो अवसरमा प्रमुख […]

न्यूजमधेश डेस्क सर्लाही ,१५ मंसिर ।आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषले छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुष उनका श्रीमती, दुई छोरा […]

मनोज मोरबैता जनकपुरधाम ,१५ मंसिर। कमला नदी किनारमा सोमबार भूत मेला लागेको छ । कात्तिक शुक्ल पूर्णिमाको दिन तान्त्रिक शक्ति एवं सिद्धि प्राप्त हुने जनविश्वाससहित धामीझाक्री भाकल गर्दै कमला नदीमा पुगेर स्नान गर्ने गर्दछन् । धनुषा र सिरहा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भूत मेला लागेको हो। कात्तिक शुक्ल पूर्णिमाको दिन कमला […]

न्यूजमधेश डेस्क रौतहट,१४ मंसिर । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा बाबु रामअयोध्या साहतेली, आमा सीतादेवी र भाडाका हत्याका आरोपी देवाही […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ मंसिर ।सर्लाही जिल्लाको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने स्थानीयवासीले चेतावनी दिएका छन् । ठेकेदारले लापर्वाही गरेका कारण लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र पुनः सञ्चालन नगरे जिल्लाका राजनीतिक दल र स्थानीयवासी आन्दोलनमा उत्रने भएका हुन् । शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ मंसिर । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ । खेल्ने […]