०३ आश्विन २०८२, शनिबार
20-09-2025 , Sat
×

मधेस प्रदेश:प्रतिबन्धित लागुऔषध ट्याबलेट र सुईसहित ४ जना पक्राउ

जनकपुरधाम । मधेस प्रदेशका बारा जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्याब्लेट र सुईसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरा र निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो। सिमराबाट पक्राउ परेकाहरुको साथबाट फेनरागन- २९६ पिस, डाईजेपाम- ३०३ पिस र बुप्रो नोर्फिन- ३०० पिस बरामद गरिएको छ। पक्राउ पर्नेमा कलैयाका ४३ […]

जनकपुरधाम । महोत्तरीको मटिहानी गान्धीगल्ली सीमा ईलाकामा सशस्त्र प्रहरीको टोलीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मटिहानी २, बरदाहाका ५२ वर्षीय अनवर शेख छन् । उनलाई ईलाकामा बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र प्रहरी नायव निरीक्षक प्रेम बहादुर भुजेलको कमाण्डको टोलीले पक्राउ गरेको हो । शेखको साथबाट लागूऔषध डाईजापाम ईन्जेक्सन ५५६ […]

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले शनिबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै एक वर्ष पुगेको […]

वीरगन्‍ज । वीरगन्‍ज नाकाबाट एक वर्षको अवधिमा २ सय ६० जनाको उद्धार भएको छ। माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो। उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेश प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन्। संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेश प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी […]

काठमाडौँ । सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्। सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको हो। संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सांसद कोइरीको निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन्। कोइरीको सांसद पद गत वैशाख १९ […]

रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही पुगेका छन्। उनलाई रुपन्देहीमा अभिनन्दन कार्यक्रमको तयारी गरिएको छ। आइतबार अपराह्न बुद्ध एयरको बिमानबाट भैरहवा पुगेका शाहलाई स्वागत गर्न गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा सर्वसाधारणको भीड लागेको थियो। शाह करिब १२ दिन भैरहवास्थित सिद्धार्थ भिलासामा बस्ने बताइएको छ। उनको अभिनन्दनका लागि पूर्व एमाले नेता डा। रामप्रसाद बस्यालको नेतृत्वमा तयारी गरिएको छ […]

दाङ । रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन । घोराही–११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन् । उनले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरुआतमा रु १६ लाख रुपैयाँ ऋण लिएर थालेको जलजला कृषि तथा पशुपालन फार्मले अहिले राम्रो आम्दानी पनि दिएको छ । नेपाल प्रहरीको जागिर र […]

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकाको बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भन्दै स्थानीयले बसमा आगजनी गरेका छन् । अरनिको यातायात सेवा समितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । सो बस बा ६० प […]