२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

जसपाको झण्डा र यादवको पुतला जलाइयो

न्यूजमधेश डेस्क वीरगन्ज, २२ असोज । वीरगन्जमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीको झण्डा जलाइएको छ । जसपाकै नेता कार्यकर्ताहरुले उपेन्द्रविरुद्ध नाराबाजी गर्दै पुतला जलाउनुको साथै पार्टीको झण्डासमेत जलाएका हुन् । वीरगन्जका प्रभावशाली युवा नेता तथा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै नेता कार्यकर्ताहरु नाराबाजी […]

अरुणकुमार यादव राजविराज, २२ असोज । राजविराजबाट दक्षिणतर्फ ११ किलोमिटर पर एतिहासिक तथा धार्मिक छिन्नमस्ता भगवती मन्दिर छ । बाटो दुरुस्त हुँदा सप्तरीको सदरमुकाम राजविराजबाट चारपाङ्ग्रे सवारीसाधनले १० मिनेटमा मन्दिर पुग्थ्यो । तर राजविराज–छिन्नमस्ता सडक खण्डको खराब अवस्थाका कारण मन्दिर पुग्न अहिले एकदेखि डेढ घण्टासम्म समय लाग्ने गर्दछ । केही महिनायता सो सडक खण्डमा साना पोखरीजस्तै […]

न्यूजमधेश डेस्क काठमाडौं ,२२ असोज । महाकाली नदीमा दुई दिन अघि नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्टको शव प्रहरीले आज फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विष्टको शव झोलुङ्गे पुल नजिक फेला परेको हो । बुधबार साथीसँगै महाकालीमा नुहाउन गएका विष्ट नदीमा बगेर बेपत्ता भएका थिए । […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ असोज । जसपाका सांसद प्रमोद साह मन्त्री बन्नबाट वञ्चित भएका छन् । ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । मन्त्रिपरिषदको २५ जनाको कोटा पूरा नहुने बेलासम्म जसपाबाट मन्त्री बन्नेहरुमा सांसद साहको नाम चर्चामा थियो । कतिसम्म भने आज विहानसम्म साह मन्त्री बन्ने निश्चित प्राय भइसकेको थियो । समाचारमा […]

सन्तोष यादव जनकपुरधाम ,२२ असोज । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका १ स्थित मदरटेरेसा पब्लिक स्कूलले शुल्क बाँकी विद्यार्थीलाई टिनको छाना भएको साँघुरो कोठामा परीक्षा लिने गरेको पाइएको छ । समयमा शुल्क नबुझाएको भन्दै सो स्कूलले सजायँस्वरुप विद्यार्थीलाई गर्मीका बेला टिनको छाना भएको कोठामा परीक्षा लिने गरेको हो । चर्को गर्मी थेग्न नसक्दा […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले १८ मन्त्री नियुक्ति गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १९ मन्त्री नियुक्ति गर्नुभएको हो । मन्त्री नियुक्तिसँगै मौजुदा मन्त्रिपरिषद्मा भएका केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ । यसअघि कानुन मन्त्रालय सम्हाल्दै आउनुभएका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज । प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित भएको छ । पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष जाँदा फिर्ता पठाइएको थियो । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले फिर्ता गरेको स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक […]

न्यूजमधेश डेस्क वीरगञ्ज, २२ असोज। मुलुककै सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यर्थाथ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी विभिन्न सामग्री नेपाल आउने गरेको तथ्य बाहिर आएको हो । पछिल्लोपटक भारतबाट आयात […]