न्यूजमधेश डेस्क सर्लाही ,१६ पुष। सर्लाहीको ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा अझौ खुलेको छैन् । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको छ । गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ पुष । पूर्वी धनुषाको कमला नगरपालिकामा किसानहरुले तालाबन्दी गरेका छ्न । बिहिवार दिउँसो कमला नगरपालिकाको विभिन्न वडाबाट आएका किसानहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन । उनीहरुले समयमा मलखाद्य उपलब्ध गर,फसलको उचित मुल्य कायम गर,सिचाइको व्यवस्था गर्नुपर्नेलगाईतका मागहरु राख्दै नगरपालिकाको मुख्यद्वारामा तालाबन्दी गरिएको छ । किसानहरुले सहज रुपमा मल, खाद, बीउ नपाएको भन्दै […]
न्यूजमधेश डेस्क सिरहा, ११ पुष । किसान रिहाइको माग गर्दै सिरहामा जारी किसान आन्दोलनको क्रममा प्रहरीले दर्जनौं राउण्ड आँसु ग्याँस प्रहार गरेको छ । किसान पक्राउको विरोधमा जनमत पार्टीले आमहडतालको घोषणा गरेको छ । सोही क्रममा जनमतका नेताहरु पटवारी ठाकुर, रुकेश साहसहित दर्जनौं नेताहरुलाई पक्राउ गरिएको छ । अहिले सिरहाको मिर्चौया, गोलबजार, लहानलगायतमा अवस्था तनावग्रस्त […]
न्यूजमधेश डेस्क सिरहा,१० पुष । पक्राउ परेका किसानलाई रिहाईको माग गर्दै जनमत पार्टीले सिरहा जिल्लाको मुख्य स्थानहरुमा मशाल जुलुस प्रर्दशन गरेको छ । सदरमुकाम सिरहा, मिर्चैया, गोलबजार, लहान र सुखिपुर लगायतका स्थानमा मलाश जुलस प्रर्दशन गरिएको जनमत पार्टीले जनाएको छ । औरही गाउँपालिकामा वितरणमा ढिलाई भएको गहुँको बिउ किसानले गोदामवाट आफैं झिकेर लगेपछि प्रहरीले एक […]
न्यूजमधेश डेस्क महोत्तरी ,२६ असोज । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज नवनिर्मित देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा शारदीय नवरात्र (दशहारा, बडादसैँ) को अवसरमा निर्मित दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (पूmलपाती)का दिन बेलको भेट्नुले खोस्रेर आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् । बेलको भेट्नोले आँखा खोस्रेर उघारेपछि शास्त्रोक्त विधिले प्रतिमाको प्राणप्रतिष्ठा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ असोज । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो […]
न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज। चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् । दोस्रो विवाह गरेका मनोजको पहिलो […]
न्यूजमधेश डेस्क काठमाडौं,२३ असोज । अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो । सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । अल्पसंख्यक शिया मुसलमान समुदायको सो मस्जिदमा […]