१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

एमाले अध्यक्ष ओली अस्वस्थ्य

न्यूजमधेश डेस्क काठमाडौं ,१९ भाद्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ । शुक्रबारदेखि उहाँमा सामान्य ज्वरो आएको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उहाँ बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहनुभएको छ ।

न्यूजमधेश डेस्क काठमाडौं,१९ भाद्र । नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीमध्ये ‘प्रतिभाशाली नायिका’को पहिचान बनाउन सफल छिन् केकी अधिकारी। अभिनयमा जस्तै उनको ‘बौद्धिकता’ विचार, विमर्श र विभिन्न रचनामा पनि देखिन्छ। फिल्मदेखि म्युजिक भिडियोमा देखिने केकीले आफ्नो ‘बौद्धिकता’ हालसालै आफ्नो एक कवितामार्फत पनि प्रस्तुत गरेकी छिन्। बुधबार उनले आफ्नो युट्युब च्यानलमार्फत ‘ए पुरुष’ शीर्षकको कविता सार्वजनिक गरेकी छन्। […]

न्यूजमधेश डेस्क राजविराज ,१९ भाद्र । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले जसपा भ्रष्टाचारीहरुको पार्टी रहेको बताएका छन् । शुक्रबार धनुषाको कमला नगरपालिका ४ मा कार्यकर्ता भेटघाट कार्यक्रममा अरगरियाले जसपा भ्रष्टाचारीहरुको पार्टी रहेको बताए । जसपाभित्र दलाल, कमिसनखोरी, भ्रष्टाचारी नेताहरुको केन्द्र रहेको उनले बताए । यसैकारण आफूहरूले नयाँ पार्टी बनाएकाे उनले […]

न्यूजमधेश डेस्क काठमाडौं,१८ भाद्र । गर्भवती भएपछि प्रियंकाको चमक नै अर्कै छ। कलाकारिता पनि बहुप्रतिभा भएकी उनी विगत केही महिनायता कला क्षेत्रसँग जोडिएको कुनै पनि बिदामा देखिएकी छैनन्। न उनले म्युजिक भिडियो नै खेलेकी छिन्, न कुनै सार्वजनिक कार्यक्रममा नै देखिएकी छिन्। गर्भवती प्रियंका अहिले देखिने भनेको सामाजिक सञ्जालमार्फत् हो। यही महिना आमा बन्ने प्रियंका […]

न्यूजमधेश डेस्क काठमाडौं ,१८ भाद्र । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ। मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए। नयाँ […]

न्यूजमधेश डेस्क काठमाडौं ,१८ भाद्र। सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ। पटकपटक ताकेता गर्दा पनि लेबी उठ्न नसकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गुनासो गरे। समयमा लेबी उठाउन पछिल्लोपटक भदौ ८ गते केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला समितिलाई परिपत्र […]

न्यूजमधेश डेस्क काठमाडौं ,१८ भाद्र । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो […]