२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

लागुऔषध चरेस  एक मोटरसाइकल बरामद

संतोष रन्जितकार वीरगंज, २७ मंसिर।मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा ११ किलो लागुऔषध चरेश सशस्त्र प्रहरीले विहिबार बरामद गरेको छ । जगरनाथपुर गाउपालिका १ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले सो चरेश बरामद गरेको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगन्जका प्रमुख प्रहरी उपरीक्षक […]

संतोष रन्जितकार वीरगंज, २७ मंसिर।वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंहको सरुवा भएकोले सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीको आयोजनामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कपडा बैंकले कपडा समेत बितरण गरेको थियो । सामुदायिक सेवा केन्द्रका सचीव दिलिप प्रधानको […]

न्यूजमधेश समाचारदाता काठमाडौ ,२७ मंसिर।काठमाडौ लगायत देशका अधिकांश स्थानमा केहि दिन देखि चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा पानि र तराइका क्षेत्रमा हुस्सु तथा हावाहुरी चलिरहेको छ । चिसोमा स्वास्थको धेरै ख्याल गर्न पर्ने हुन्छ । चिसो बाट मौसमी फ्लु,खोकी,ज्वरो जस्ता रोग हरु लाग्न सक्छन। के […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२७ मंसिर।धनुषा र सिरहा जोड्ने कमला नदीमा पुल नहुँदा दैनिक हजारौं सर्वसधारण डुङ्गामा जोखिम यात्रा गर्न बाध्य छन् । कमला नदीको पुर्वतिर सिरहाको सारश्वर र पश्चिमतीर धनुषाको सुखठोर टोल पर्छ । अतिव्यस्त सडक भएपनि कमला नदीमा पुल नहुँदा सर्वसधारण डुङ्गा चढेर ओहोरदोहोर गर्छन् ।डुङ्गामा एक जनालाई पार गर्न घटवार (डुङ्गा चलाउने)ले ५० रुपैया […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,२६ मंसिर।कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ उमरी र साेनपुरमा अपाङ्ग रहेकाे किशोरहरुलाई बाख्रा पालनकाे लागि वडा अध्यक्ष द्वारा सहयोग गरिएको छ। अपाङ्गता रहेको किशोरहरुलाई रु ५०,००० का दरले बाख्रा पालन काे लागि वडा अध्यक्ष जगत बहादुर घर्ती क्षेत्री र वडा सदस्य भिखु थारु काे हात वाट चेक हस्तान्तरण गरिएको छ।किर्डाक नेपाल र स्ट्रोम […]

सोलिन्द्र चौधरी काठमाडौं,२६ मंसिर।सिन्धुलपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ बजेर ११ मिनेटमा ४‍.८ मेग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा पनि महसुस गरिएको छ।

न्यूजमधेश समाचारदाता महोत्तरी,२६ मंसिर।धान काट्ने चटारो सुरु भएपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय सुनसान छन्। मंसिर लागेसँगै बालबालिकाहरु धान काट्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि विद्यालयमा पठनपाठन बन्द छ। ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति समुदायका बालबालिका अध्ययन गर्छन्। आमाबाबु धान काट्न हिँड्ने भएपछि नानीहरु लोडहा खोज्न (धान […]

न्यूजमधेश समाचारदाता मोरङ ,२६ मंसिर।श्रीमान‍को चक्‍कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। ५० वर्षीय डम्बर कार्कीले ३५ वर्षीया श्रीमती सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्‍कु प्रहार गरी घाइते बनाएका हुन् । तरकारी काटिरहेको अवस्थामा श्रीमानले चक्‍कु प्रहार गर्दा सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए । गम्भीर अवस्थाकी उनलाई […]