०४ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

मधेसमा लोसपाले साथ नदिए पनि हामीलाई बहुमत पुग्छ: महेशप्रसाद यादव

जनकपुरधाम ।एमाले, माओवादी केन्द्र, जनमतसहितको गठबन्धबाट मधेस प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारीमा रहेका जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आफूहरुको पक्षमा बहुमत जुटिसकेको दाबी गरेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। तर, यादवले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ। ‘उहाँ (सरोज यादव)ले विश्वासको मत पाउनु […]

जनकपुरधाम। आज विश्व वातावरण दिवसको अवसरमा शंकर माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका-५ बनरझुलामा रहेको शंकर माध्यमिक विद्यालय परिसरमा वातावरण दिवसको अवसरमा विभिन्न जातका ३० वटा बोटविरुवा रोपिएको विद्यालयका शिक्षिक रबिन्द्र साहले बताए। त्यसअवसरमा शंकर माध्यमिक विद्यालयका प्र.अ प्रदिप यादवको उपस्थिति विद्यालयको परिसरलगाइतका ठाउँहरुमा विभिन्न प्रजातिका बोटविरुवा रोपिएको छ। यस विद्यालयमा […]

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना नेता पार्टीको महाधिवेशन रोक्न सर्वोच्च अदालत र निर्वाचन आयोग पुगेका छन्। केन्द्रीय सदस्यद्वय जनार्दन प्रसाद यादव र भीमबहादुर रायले सर्वोच्चमा रिट दायर गरेकोमा त्यसलाई दरपिठ गरिएको थियो। दरपिठपछि सो निवेदन सिधै बेञ्चमा गएपछि बेञ्चले कैफियत झिकाउन आदेश गरेको छ। रिट दायर हुने–नहुने आदेश हुन बाँकी छ। […]

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो । सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । एकीकृत समाजवादीकी मन्त्री बेची लुङ्गेलीले केन्द्रबाट नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन आएको […]

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीलाई समर्थन गर्न नेकपा (एकीकृत समाजवादी) पनि तयार भएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालले मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताए। ‘हामीले फागुन २३ गते नै गठबन्धनमा सामेल हुने निर्णय गरेका छौं। अर्को निर्णय गर्नुपर्ने जरूरत छैन। मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्छ,’ उनले भने। जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको वर्तमान […]

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दामा मङ्गलवार पनि सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो। यादवको रिट २३ औ नम्बरमा पेशी रहेको थियो । जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को […]

रौतहट। भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी […]

रौतहट । रौतहट प्रहरीले अवैध रुपमा विभिन्न स्थानमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरू नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा तथा भट्टीहरू नष्ट गरेको हो । गौर नगरपालिका ५ स्थितमा बस्ने सुशील श्रेष्ठले अवैध रुपमा सञ्चालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ […]