काठमाडौं । जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार जमिनबाट १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट तत्काल क्षतिको विवरण नआएको स्थानीय अधिकारीले बताएका छन्। यस्तै सुनामीको चेतावनी पनि जारी गरिएको छैन। यसअघि अप्रिल १ मा पनि जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो […]
सिरहा । सिरहा नगरपालिका-५ बरेर्वामा वडाध्यक्ष जागेश्वर यादवले व्यक्तिगत जग्गामा बलपूर्वक सडक बनाएर आरसिसी ढलान गरेको स्थानीयले आरोप लगाएको छ। स्थानीय सुकदेव कुसियतले आफ्नो निजि जग्गामा वडाध्यक्षले बलपूर्वक प्रहरी लगाएर सडक बनाएर ढलान गरेको दुखेसो पोखेका छन् । सडक बनाउन लागेपछि आफुलाई कसैले नसोधीकन वडाध्यक्ष यादवले आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि जबर्जस्ती बलपूर्वक प्रहरी लगाएर […]
गोदार । जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो । तत्कालिन समयमा भारतमा सखुवाको काठलगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो । कोइलाबाट चल्ने रेललाई समयानुकूल डिजेल इन्जिनमा रूपान्तरण गरियो तर न्यारोगेजमै । सो सेवा पनि करिब १० वर्षअघि बन्द भयो । विगत दुई वर्षयता भने जनकपुरमा […]
जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टीका एक दर्जनभन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार कमला नगरपालिका-४ सघारामा राखिएको भेटघाट कार्यक्रममा कांग्रेससहित विभिन्न पार्टीका एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका पुराना नेता किशोरी मण्डल ,परिक्षण मण्डल ,जोगि यादव,भगत लाल मण्डलसहित एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु विभिन्न […]
जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराउने तयारी गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रदेश प्रमुख भण्डारीलाई आज बेलुकासम्म ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको हो । नयाँ सरकार गठनका लागि सहमति […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । मधेस प्रदेश सरकारबाट एमाले र माओवादी फिर्ता भैसकेका छन् । सो प्रदेशमा नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र जनमत र […]
सुनसरी । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]
काठमाडौं । चुरे तथा वन जोगाउन अभियानमा जुटेको चुरे संरक्षण पदयात्रा समूहले राजधानी काठमाडौँमा र्याली निकालेको छ। सप्तरीबाट २५ दिनको पैदलयात्रा पूरा राजधानी आइपुगेको पदयात्रा समूहले समग्र देश र मधेसलाई मरुभूमि हुनबाट जोगाउन चुरो दोहनलाई तत्काल रोक्न माग गर्दै आएको छ। सोही समूहले शनिबार र्याली निकालेको हो। तराई(मधेसको मुख्य पानीको स्रोतका रूपमा रहेको चुरेबाट रोडा, […]