काठमाडौं । केन्द्रीय समीकरणअनुसार मधेश प्रदेशमा सरकार गठनबारे शीर्ष तीन नेताबीच छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन् । अब जनमत पार्टीका नेतृत्वमा नयाँ सरकार गठन हुने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए । […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ । भारतबाट घटेर आएसँगै नेपालमा पनि घटाइएको हो । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ । […]
जनकपुरधाम ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज अमेरिका पुगेका छन् । अध्यक्ष डा.राउतलाई संयुक्त राज्य अमेरिकाको वाशिङटन डिसीमा जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजित यादवसहितका टिमले स्वागत गरेका हुन् । उमहासचिव यादवका अनुसार अध्यक्ष डा.राउत एक सप्ताह अमेरिकामा रहनेछ । एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को ७ औं माहाधिवेशन भोलि अमेरिकाको राजधानी वाशिङटन डिसीमा हुने […]
जनकपुरधाम । धनुषाको ढल्केवरमा स्थापना भएको मालपोत कार्यालय र नापी कार्यालयको संयुक्त उद्घाटन गरिएको छ। शुक्रबार ढल्केवरमा आयोजित एक समारोहकाबीच राष्ट्रिय सभा सदस्य आनन्द ढुंगाना र नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दुवै कार्यालयको संयुक्त उद्घाटन गरेका हुन्। २०७२ असोज १४ मा मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही […]
जनकपुरधाम । धनुषामा गहुँको उत्पादनमा कमी आएको छ । जिल्ला कृषि ज्ञान केन्द्र धनुषा, जनकपुरधामका अनुसार चालु आर्थिक वर्षमा ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा गहुँखेती गरिएकामा ५७ हजार पाँच सय मेट्रिकटन गहुँ उत्पादन भएको छ । गत वर्ष भने ३४ हजार हेक्टर क्षेत्रफलमा गहँु खेती गरिएकामा एक लाख १५ हजार ६ सय मेट्रिकटन […]
तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गर्नुभएको छ । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारीखेतीलाई दिने गरेको उहाँ बताउनुहुन्छ । “म बक्सिङ प्रशिक्षक हुँ, दिउँसो जागिरतिर जान्छु”, उहाँले भन्नुभयो, “साँझ होटेलतिर पनि हुर्नुपर्छ, बिहान र कहिलेकाहीँ साँझ मात्रै तरकारीलाई समय […]
जनकपुरधाम ।मधेस प्रदेशमा नयाँ सरकार गठनको लागि विपक्षी दलहरुले आज (शुक्रबार) प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन्। बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति गरेको छ। उक्त सहमतिअनुसार आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष सरकार गठनको लागि दावी पेस गर्ने तयारी […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवका प्रेस सल्लाहकार सिताराम अग्रहरीले राजीनामा दिएका छन् । ०७९ फाल्गुन १९ मा अग्रहरी मुख्यमन्त्री यादवको प्रेस सल्लाहकार नियुक्त भएका थिए । मुख्यमन्त्री यादवसँग असन्तुष्टी पोख्दै उनले पदबाट राजीनामा दिएका हुन् । ‘करिब १४ महिनापछि राजीनामा दिएर जनकपुर छाड्दै छु,’ उनले सामाजिक संजालमा लेखेका छन्,‘आफैसँग खुश छैन । […]