सर्लाही । जबर्जस्ती करणी अभियोगमा अदालतबाट १० वर्ष कैद सजाय तोकिएका एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको कबिलासी नगरपालिका-८ निवासी दिनेश मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गाउँकै एक महिलालाई जबजस्ती करणीपछि फरार रहेका मण्डललाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। त्यसैगरी ज्यान मार्ने उद्योगमा […]
नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ। उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ […]
टीकापुर । कैलालीका किशोरीहरु महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन् । किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन् । महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको विषय हो । टिकापुरस्थित कर्णाली माविकी कृष्टिना पोखरेल महिनावारी भएका बेला पुरुषको साथ चाहिने बताउनुहुन्छ । “महिनावारी भएका बेला कसैलाई पेट दुख्ने, […]
जकनपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ । एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच शुक्रवार छलफल भयो । छलफलमा जनमतको नेतृत्वको सरकार बनाउने सहमति जुटेको हो । ओली र प्रधानमन्त्री प्रचण्डसँगको शुक्रबार भएको छलफलमा एकीकृत […]
काठमाडौं । केन्द्रीय समीकरणअनुसार मधेश प्रदेशमा सरकार गठनबारे शीर्ष तीन नेताबीच छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन् । अब जनमत पार्टीका नेतृत्वमा नयाँ सरकार गठन हुने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए । […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ । भारतबाट घटेर आएसँगै नेपालमा पनि घटाइएको हो । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ । […]
जनकपुरधाम ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज अमेरिका पुगेका छन् । अध्यक्ष डा.राउतलाई संयुक्त राज्य अमेरिकाको वाशिङटन डिसीमा जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजित यादवसहितका टिमले स्वागत गरेका हुन् । उमहासचिव यादवका अनुसार अध्यक्ष डा.राउत एक सप्ताह अमेरिकामा रहनेछ । एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को ७ औं माहाधिवेशन भोलि अमेरिकाको राजधानी वाशिङटन डिसीमा हुने […]
जनकपुरधाम । धनुषाको ढल्केवरमा स्थापना भएको मालपोत कार्यालय र नापी कार्यालयको संयुक्त उद्घाटन गरिएको छ। शुक्रबार ढल्केवरमा आयोजित एक समारोहकाबीच राष्ट्रिय सभा सदस्य आनन्द ढुंगाना र नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दुवै कार्यालयको संयुक्त उद्घाटन गरेका हुन्। २०७२ असोज १४ मा मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही […]