जनकपुरधाम, ११ भदौ । मधेश प्रदेशस्थित विभिन्न प्रादेशिक अस्पताल अनुगमनक्रममा देखिएका समस्या समाधान गर्न मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह कोइरी र मन्त्रालयका सचिव डा.सञ्जय ठाकुरसँग छलफल गरेका छन् । मुख्यमन्त्री सिँह केही दिनयता जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुर र जलेश्वरको छड्के अनुगमन गरेका थिए । अनुगमनक्रममा अस्पतालको अवस्थाबारे आफ्नो बुझाइ र […]
जलेश्वर, ९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रादेशिक अस्पताल जलेश्वरमा छड्के अनुगमन गरेका छन् । रातका बेला चिकित्सक तथा स्वास्थ्यकर्मी अभावमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासोपछि मुख्यमन्त्री सिँहले आइतबार साँझ अस्पताल अनुगमन गरेका हुन् । मुख्यमन्त्री सिँहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशाला लगायत निरीक्षण गरेका छन् । निरीक्षणक्रममा उनले ड्युटी […]
जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वृक्षरोपण गरी दिगो वन व्यवस्थापन, वनबाट हुने फाइदाहरू बढाउन र विश्व्यापी रूपमा भइरहेको हरिगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा ८२ बिघा जग्गामा लगाइएको छ हजार आँपको बोट फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे […]
रौतहट, ९ भदौ । एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि यौनशोषणको आरोप लगाए पछि रौतहटको मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । रौतहटको मौलापुर-९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले यौन शोषणको आरोप लगाए पछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो । उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ […]
जनकपुरधाम,८ भदौ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो पार्टीको प्रतिस्पर्धा जनता समाजवादी पार्टी(जसपा) नेपालसँग नभई नेपाली काँग्रेस र नेकपा एमालेसँग रहेको बताएका छन् । एक निजी टेलिभिजनसँग अन्तर्वार्तामा अध्यक्ष डा.राउतले जसपा अध्यक्ष उपेन्द्र यादव र आफू सप्तरीको क्षेत्र नम्बर २ बाटै चुनाव लडेका संयोगका कारण त्यस विषयलाई मानिसले अर्कै अर्थबाट चित्रित गरिदिएको उल्लेख गरे […]
काठमाडौं ,३ भदौ। मिटरब्याज पीडितको संघर्ष समितिमा रहेका सिरहाका रामकुमार यादवलाई अदालतले भ्रष्टाचारी ठहर गरेको पाइएको छ । विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको पाइएको हो । यादवलाई पौने ३ वर्षअघि नै अदालतले गलत सिफारिस तथा गैरकानुनी हानी नोक्सान गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको थियो । उनी मिर्चैया नगरपालिका-७ को वडाध्यक्ष हुँदा यो […]
जनकपुरधाम, २ भदौ ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले तस्करी रोक्न सीमावर्ती क्षेत्रमा प्रदेश सरकारले सूचना प्रणाली स्थापना गर्न र तस्कर पक्राउ गर्न आफ्नै संयन्त्र बनाउन बाध्य हुनुपर्ने बेला आएको बताएका छन् । उनले सीमापारबाट गरीब जनताले नुनतेल ल्याउन सास्ती भोगिरहेका बेला तस्करहरूले रातारात गाडीका गाडी सामान भित्र्याइरहेको उल्लेख गर्दै त्यसकारणले राजस्व संकलन प्रभावित भइरहेको हुँदा […]
काठमाडौं ,१ भाद्र। नेपाली कांग्रेस मधेशका उपसभापतिद्वय चन्द्रशेखर यादव र वीरेन्द्रप्रसाद सिँहबीच पार्टीलाई विधि, विधान र प्रक्रियाबद्ध तरिकाले अघि बढाउने सहमति भएको छ । दुई उपसभापतिहरूबीच शनिबार काठमाडौँमा भएको भेटमा पार्टीको मधेश नेतृत्वमा केही समययता उत्पन्न अस्थिरता, विचलन र फिसलनविरुद्ध एक्यबद्ध भएर अघि बढ्नुपर्नेमा सहमति भएको हो । पार्टीका प्रदेश सभापति कृष्णा यादवले केही दिनअघि […]