२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

औरही गाउँपालिकामा जग्गा खरिदमा अनियमितता भएको महालेखाको ठहर

सिरहा: सिरहाको औरही गाउँपालिकामा जग्गा खरिदमा अनियमितता भएको छ। १५ बेडको अस्पताल निर्माणका लागी गत आर्थिक बर्षमा जग्गा खरिद गरेको थियो । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा नियम विपरीत जग्गा खरिद गरि अनियमिता गरेको ठहर गरेको छ। स्थानीय तहले कुनै पनि खरिद कार्य गर्दा सम्बन्धि स्थानीय तहले कानुन बनाएको भए सोही बमोजिम र नभए […]

जनकपुरधाम,२२ साउन । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सेवाग्राहीको काममा ढिलासुस्ती नगरी आजको काम आजै गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । कर्मचारीहरुले कामकाजमा हेलचेक्रयाइँ गरिरहेको जनगुनासो बढेको भन्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन् । मधेश प्रदेश सरकारको पेफा मूल्यांकनसम्बन्धी प्रारम्भिक कार्यशालामा उनले कर्मचारीहरुले कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए […]

जनकपुरधाम,२२ साउन । शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले एसइईको पूरक(गे्रड वृद्धि) परीक्षालाई मर्यादित बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन् । सोमबार जनकपुरधाममा आयोजित संचारकर्मीहरुसित छलफल कार्यक्रममा बोल्दै मन्त्री तिवारीले परीक्षा मर्यादित बनाउनमा सहयोगका लागि अभिभावकहरुमा समेत आग्रह गरिन् । परीक्षामा चिट चोरीले विद्यार्थीको भविष्य खराब भइरहेको छ, उनले भनिन्–कुनै अभिभावकले आफ्नो सन्तानको […]

जनकपुरधाम, २१ साउन । मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी र पछ्यौटेपनबाट प्रदेशवासीलाई मुक्ति दिलाउन साक्षरताको स्थितिमा तीव्र सुधार ल्याउने अपेक्षाअनुसार विश्वविद्यालयहरूसँग साक्षरतासम्बन्धी कार्यक्रमका लागि साझेदारी गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । मुख्यमन्त्री […]

सिरहा। सिरहाको औरही गाउपालिका‌ भ्रष्टाचारको अखाडा बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ । औरही गाउँपालिका‌ अध्यक्ष शिवजी यादवले कर्मचारीसंग सेटिंग गरेर कैयौं विकास निर्माणको काम र खरिदमा भ्रष्टाचार गरेका हुन् । सो विषयमा उजुरी परेपछि अख्तियार बर्दिवासको टोली निगरानी बढाएको बुझिएको छ । स्रोतका अनुसार अख्तियार टोलीले उजुरी सम्बन्धमा छानविन गर्न आवश्यक कागजात […]

सिरहा ,२० साउन। सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव विरुद्ध छानबिन समिति गठन भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित अध्यक्ष यादव विरुद्ध आफ्नै पार्टीले भ्रष्टाचार,अनियमितता र मनपरि गरेको भन्दै पालिका स्तरमा ७ सदस्य छनबिन समिति गठन गरेका छन्। निर्वाचित भएदेखि एकलौटी र मनपरि गरेको , पालिकामा भ्रष्टाचार मौलाएको , खुलमखुला कमिसनको […]

सिरहा,१९ साउन । सिरहाको औरही गाउँपालिका‌का अध्यक्ष शिवजी यादवकै उक्साहटमा कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाविरुद्ध आन्दोलन थालेका छन् । गाउँपालिकाका कर्मचारीहरुले आज पालिका अगाडी प्रदर्शन गरेका हुन् । उनीहरु अध्यक्ष यादवलाई ज्ञापन-पत्र बुझाउँदै अधिकृत झाको सरुवा गर्न माग गरेका छन् । अधिकृत झाले मनपरी ढंगले कर्मचारीलाई चलाएको, सुत्केरी विदा लिएका कर्मचारीको हाजिरी काटेको र […]

जनकपुरधाम ,२० साउन । मधेस प्रदेश सरकारले गायक गुरुदेव कामतको निधनको शोकमा नेपालको झण्डा आधा झुकाएर सरकारी कामकाज गरेको छ । शास्त्रीय संगीतका साधक एवम लोकप्रिय गायक कामतको शोकमा प्रदेश सरकारले आज आधा झण्डा झुकाएर काम गरेको हो । गायक कामतको १७ साउनमा (बिहीबार) असामयिक निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएको भन्दै […]