जनकपुरधाम,३१ साउन। मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश समृद्ध बनाउनको लागि मधेश विश्वविद्यालय सार्थक सावित गर्ने विश्वास लिएको छ्न। मंगलवार विरगंजस्थित रहेको मधेश विश्वविद्यालयको स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री यादवले मधेश विश्वविद्यालय सञ्चालनमा आएसँगै पर्सा जिल्लाको मात्रै नभएर मधेश प्रदेशले नै विकासमा फड्को मार्ने दाबी गरे । वीरगञ्जस्थित मधेश […]
काठमाडौँ,३१ साउन । नेपालका १५ मेयर र ८ उपमेयर भारतमा पढ्दै छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहित १५ जना मेयर र ८ उपमेयर ढल व्यवस्थापनबारे भारतमा पढिरहेका हुन् । नेपाल नगरपालिका सङ्घको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्क) ले उनीहरूलाई पढाइरहेको छ । दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक […]
काठमाडौँ,३१ साउन । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मङ्गलवार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मङ्गलवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौँ,३० साउन। कक्षा १२ मा ४९.०९ प्रतिशत परीक्षार्थी ननग्रेडेड (एनजी) भएका छन् । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार कूल परीक्षार्थीमध्ये ४९.०९ प्रतिशत ननग्रेडेड भएका हुन् । जन अनुसार कूल ३ लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये १ लाख ८२ हजार ९ सय २६ विद्यार्थी ननग्रेडेड भएका हुन् । तर, गत वर्षको नतिजाको […]
कञ्चनपुर ,३० साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वडाध्यक्षमाथि आक्रमण गर्ने ७ जनालाई नेकपा एमाले जिल्ला कमिटीले कारबाही गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले आक्रमणमा संलग्न ७ जनालाई सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । वडाध्यक्ष रविन्द्र देवकोटामाथि आक्रमणमा संलग्न रहेको भन्दै कमल रोकाया, रमेश भट्ट, केशव चन्द, प्रबिन बोगटी, रोहित […]
काठमाडौं,३० साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा नेपालले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत अनुदानमा कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले अन्य केही परियोजनाहरूमा पनि चीनलाई प्रस्ताव गर्ने जानकारी दिए । प्रधानमन्त्री दाहालले मङ्गलवार बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै चीन भ्रमणका क्रममा हुनसक्ने केही […]
काठमाडौं ,३० साउन। संचारकर्मी सरिताश्री ज्ञवाली जनमत पार्टीमा प्रवेश गरेकी छन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मंगलबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा उनलाई खादा लगाएर स्वागत गरेका छ्न। अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यता प्रदान जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले बताए। पार्टी प्रवेश गरेकी संचारकर्मी ज्ञवालीलाई अध्यक्ष डा.राउत र प्रवक्ता यादवले बधाई […]
काठमाडौं ,२९ साउन। जनमत पार्टीले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि गराएको ‘एप्रुभल रेटिङ’को नतिजा सार्वजनिक भएको छ। जनमतले पार्टी विधानमा रहेको ‘राइट टू रिकल’को व्यवस्था कार्यान्वयन गर्न २७ साउनमा विभिन्न सात जिल्लामा रहेका आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिको ‘एप्रुभल रेटिङ’ मतदान गराएको थियो। स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको चाहनाअनुसार काम गरे/नगरेको […]