३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

जनमत पनि सरकारमा, अनिता देवीले लिइन् शपथ

काठमाडौं,२९ साउन । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो । यसअघि पनि जनमत एक मन्त्रीसहित […]

काठमाडौँ,२९ साउन। उपराष्ट्रपति रामसहायप्रसाद यादव आज (सोमबार) एक हप्ताका लागि चीन भ्रमणमा जाँदै छन्। चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात–निर्यात मेला’मा सहभागी हुन उनी आज अपराह्न ४ः२५ बजे काठमाडाैंबाट त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार यही साउन ३१ देखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त […]

सप्तरी,२९ साउन। कोसी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्। सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ। बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन्। आज […]

काठमाडौं,२९ साउन। जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले आज (सोमबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदको शपथ खाँदै छिन्। राष्ट्रपतिको सचिवालयका अनुसार साहले अहिले बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाने कार्यक्रम छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई हटाएर […]

राजविराज,२९ साउन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले अपाङ्गता भएकाहरु प्रति राज्य पक्षले दायीत्व बोध गरी उनीहरुका समस्या समाधानमा तीन वटै तहका सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा एकै थलोमा आयोजना गरीएको बोद्धिक अपाङ्गता संघको प्रथम तथा बौद्धिक अपाङ्गताका अभिभावक संघ सप्तरीको सातौं साधारण सभाको […]

जनकपुरधाम ,२८ साउन। साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका अभियुक्तहरूमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा रहेका छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका […]

जनकपुरधाम,२८ साउन । धनुषाको मिथिला विहारी नगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको छ । व्यापक भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नगरपालिकामा छापा मारेको हो । अख्तियारका अधिकारीहरु करिब दुई घण्टादेखि नगरपालिकाको कार्यालयमा छन् । अहिले बाहिरका व्यक्तिलाई भित्र पस्न दिएको छैन् । उनीहरुले उजुरी परेको विषयसंग सबन्धित कागजात कर्मचारीसंग मागेको स्रोतले […]

काठमाडौँ,२८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आइबार नै जनमत पार्टीलाई सरकारमा सामेल गराउने तयारी गरेको भए पनि त्यो सोमबारका लागि सरेको छ । चितवन पुगेका प्रधानमन्त्री काठमाडौँ आएपछि पार्टीको बैठकमा व्यस्त भए । बैठकबाट पार्टीका मन्त्री अमनलाल मोदीलाई फिर्ता गरेर उनको ठाउँमा जनमत पार्टीकी नेता तथा सांसद अनिता देवी साहलाई मन्त्री बनाउने सहमति गराए । […]