सप्तरी,२९ साउन। कोसी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्। सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ। बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन्। आज […]
काठमाडौं,२९ साउन। जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले आज (सोमबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदको शपथ खाँदै छिन्। राष्ट्रपतिको सचिवालयका अनुसार साहले अहिले बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाने कार्यक्रम छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई हटाएर […]
राजविराज,२९ साउन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले अपाङ्गता भएकाहरु प्रति राज्य पक्षले दायीत्व बोध गरी उनीहरुका समस्या समाधानमा तीन वटै तहका सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा एकै थलोमा आयोजना गरीएको बोद्धिक अपाङ्गता संघको प्रथम तथा बौद्धिक अपाङ्गताका अभिभावक संघ सप्तरीको सातौं साधारण सभाको […]
जनकपुरधाम ,२८ साउन। साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका अभियुक्तहरूमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा रहेका छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका […]
जनकपुरधाम,२८ साउन । धनुषाको मिथिला विहारी नगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको छ । व्यापक भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नगरपालिकामा छापा मारेको हो । अख्तियारका अधिकारीहरु करिब दुई घण्टादेखि नगरपालिकाको कार्यालयमा छन् । अहिले बाहिरका व्यक्तिलाई भित्र पस्न दिएको छैन् । उनीहरुले उजुरी परेको विषयसंग सबन्धित कागजात कर्मचारीसंग मागेको स्रोतले […]
काठमाडौँ,२८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आइबार नै जनमत पार्टीलाई सरकारमा सामेल गराउने तयारी गरेको भए पनि त्यो सोमबारका लागि सरेको छ । चितवन पुगेका प्रधानमन्त्री काठमाडौँ आएपछि पार्टीको बैठकमा व्यस्त भए । बैठकबाट पार्टीका मन्त्री अमनलाल मोदीलाई फिर्ता गरेर उनको ठाउँमा जनमत पार्टीकी नेता तथा सांसद अनिता देवी साहलाई मन्त्री बनाउने सहमति गराए । […]
जनकपुरधाम,२८ साउन।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जनियर रमेशकुमार चौधरीलाई घुससहित पक्राउ परेका छ्न । अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले इन्जिनियर चौधरीलाई वाल निर्माण कार्य सम्पन्न भएपछिको भुक्तानी दिने क्रममा सेवा ग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो। उनलाई नगद एक लाख घुस लिइसकेको अवस्थामा उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको […]
जनकपुरधाम,२८ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको आफ्नै भतिजसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिबार मोत्तरीको सोनमा गाँउपालिका -४ खेसरहामा एक कार्यक्रमबीच लोसपाका अध्यक्ष ठाकुरको आफ्नै भतिज सुर्यनारायण ठाकुरसहित लोसपाका सयौं जना नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् । जनमत पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र कुमार मण्डलले नेता ठाकुरलाई पार्टीको […]