जनकपुरधाम ,३२ साउन। आरती साह र कबिता यादवको हत्याविरुद्ध आज युवाहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् । पीडितलाई न्याय दिन प्रशासन आलटाल गरिरहेको भन्दै विभिन्न दलका युवाहरु आज जनकपुरधाममा प्रदर्शन गरेका हुन् । मनिष ठाकुरको अगुवाईमा भएको प्रदर्शनमा युवाहरुले आरती र कविताको हत्यारालाई कडा कारबाही गर, पीडितलाई न्याय देउ, प्रहरी प्रशासन मुर्दाबाद जस्ता नारा लगाएका थिए […]
काठमाडौं ,३२ साउन।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का नेता धनिकलाल साहसहित विभिन्न पार्टीका नेताकार्यकर्ता कार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका छन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बिहीबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा उनिहरुलाई खादा र टीका लगाएर स्वागत गरेका हुन। नवप्रवेशी नेताकार्यकर्ताहरुलाई अध्यक्ष डा.राउतले पार्टी सदस्यतासमेत प्रदान गरेको जनमत पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेश मण्डलले […]
जनकपुरधाम,३२ साउन । नेपाली काँग्रेसका नेता एवं अर्थमन्त्री प्रकाश शरण महतले नेकपा एमालेले सदनलाई बन्धक बनाएकोमा आपत्ति जनाएका छन् । जनकपुरधाममा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सदन छलफल र बहस गरेर समस्या समाधान गर्ने थलो हो । धेरै ऐनहरू बनाउनु छ । संघीय कानून नबनेर समस्या आइरहेको छ । तर एमालेले सदनमा […]
काठमाडौँ,३२ साउन । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताएका छन् । बुधबार नेपाल—भारतमैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारी तहमा मात्रै नभई दुई देशका जनताहरू एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताएका हुन्। उनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र […]
जनकपुरधाम,३१ साउन। मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश समृद्ध बनाउनको लागि मधेश विश्वविद्यालय सार्थक सावित गर्ने विश्वास लिएको छ्न। मंगलवार विरगंजस्थित रहेको मधेश विश्वविद्यालयको स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री यादवले मधेश विश्वविद्यालय सञ्चालनमा आएसँगै पर्सा जिल्लाको मात्रै नभएर मधेश प्रदेशले नै विकासमा फड्को मार्ने दाबी गरे । वीरगञ्जस्थित मधेश […]
काठमाडौँ,३१ साउन । नेपालका १५ मेयर र ८ उपमेयर भारतमा पढ्दै छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहित १५ जना मेयर र ८ उपमेयर ढल व्यवस्थापनबारे भारतमा पढिरहेका हुन् । नेपाल नगरपालिका सङ्घको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्क) ले उनीहरूलाई पढाइरहेको छ । दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक […]
काठमाडौँ,३१ साउन । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मङ्गलवार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मङ्गलवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौँ,३० साउन। कक्षा १२ मा ४९.०९ प्रतिशत परीक्षार्थी ननग्रेडेड (एनजी) भएका छन् । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार कूल परीक्षार्थीमध्ये ४९.०९ प्रतिशत ननग्रेडेड भएका हुन् । जन अनुसार कूल ३ लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये १ लाख ८२ हजार ९ सय २६ विद्यार्थी ननग्रेडेड भएका हुन् । तर, गत वर्षको नतिजाको […]