२५ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

न्यायिक समितिमा पसल बन्द गराइदिनदेखि कोठा खाली गराउनेसम्मका उजुरी

काठमाडौं,२८ साउन। काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरूको सङ्ख्या बढेको छ । न्यायिक समितिमा पसलहरू बन्द गराइदिन, सटर खालि गराइदिन, कोठा खालि गराइदिन लगायतका उजुरी धेरै पर्ने गरेको बताइएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरूको सङ्ख्या बढेको बताइन् । उनले न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा […]

काठमाडौं,२८ साउन । नेकपा एमालेले ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई तत्काल पक्राउ गनुपर्ने बताएको छ । आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेताहरुले यस्तो माग राखेका हुन् । सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपनि हालसम्म नेपाल र भट्टराईलाई सोधपुछसम्म नगरेकोप्रति एमालेले आपत्ति जनाएको छ। एमाले […]

लुब्लिन,२८ साउन । पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्ध ताकाको बम फेला परेको छ । बम फेला परेपछि सो सहरका करिब १४ हजार मानिसलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो। मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो। साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी र ग्यास बन्द गर्न लगाइएको थियो । निर्माण स्थलमा भेटिएको […]

गत साता गौर हत्याकाण्डका पीडित र सरकारबीच पाँच बुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन फिर्ता लिएको छ। विगत केही समयदेखि २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनामा मृत्यु भएका तथा घाइतेका परिवारले आन्दोलन गरिरहेका थिए। गृह मन्त्रालयमा भएको उक्त सहमतिमा संघर्ष समितिका तर्फबाट अध्यक्ष रुपसागर देवी र सरकारको तर्फबाट गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद […]

काठमाडौं ,२८ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त गर्ने बताइएको छ । जनमतले साहको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरिसकेको छ । तर कुन मन्त्रालय दिने […]

काठमाडौं,२८ साउन। इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले सानदार जित निकालेको छ । घरेलु मैदान भएको खेलमा एस्टन भिल्लालाई ५–१ गोलले हराउँदै न्युकासलले फराकिलो जित निकालेको हो । न्युकासलका एलेक्जेन्डर इसाकले २ तथा सान्ड्रो टोनाली, क्यालम विल्सन र हार्भी बार्न्सले १–१ गोल गरेका थिए । यस्तै, भिल्लाका लागि मौसा डियाबीले एक गोल फर्काएका थिए । […]

जनकपुरधाम,२७ साउन।नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव अस्पताल भर्ना भएको छ। शनिबार साँझ अध्यक्ष देवको स्वास्थ्यमा अचानक समस्या देखा परेपछि उनलाई अस्पतालमा भर्ना गरेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अध्यक्ष देवको उपचार भइरहेको छ।उहाँको शिघ्र स्वास्थ्य लाभको न्यूजमधेश परिवारले गरेको छ। अध्यक्ष देव न्यूज मधेशका सल्लाहकार हुनुहुन्छ ।

राजविराज,२७ साउन । मधेशी पत्रकार समाजका सप्तरी जिल्लामा नयाँ नेतृत्व चयन भएकाे छ । समाजको शनिबार राजविराजमा सम्पन्न विशेष बैठकले नयाँ नेतृत्व बनाउने निर्णय गरेको हो । पत्रकार शैलेश कर्णको नेतृत्वमा गठन भएको समितिको उपाध्यक्षमा कमल मण्डल, सचिवमा अरुण कुमार यादव, सह सचिवमा जीबछ दास र काेषाध्यक्षमा अनवर अलीलाई चयन गरिएको छ । सदस्यमा रामशंकर […]