जनकपुरधाम,२७ साउन।नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव अस्पताल भर्ना भएको छ। शनिबार साँझ अध्यक्ष देवको स्वास्थ्यमा अचानक समस्या देखा परेपछि उनलाई अस्पतालमा भर्ना गरेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अध्यक्ष देवको उपचार भइरहेको छ।उहाँको शिघ्र स्वास्थ्य लाभको न्यूजमधेश परिवारले गरेको छ। अध्यक्ष देव न्यूज मधेशका सल्लाहकार हुनुहुन्छ ।
राजविराज,२७ साउन । मधेशी पत्रकार समाजका सप्तरी जिल्लामा नयाँ नेतृत्व चयन भएकाे छ । समाजको शनिबार राजविराजमा सम्पन्न विशेष बैठकले नयाँ नेतृत्व बनाउने निर्णय गरेको हो । पत्रकार शैलेश कर्णको नेतृत्वमा गठन भएको समितिको उपाध्यक्षमा कमल मण्डल, सचिवमा अरुण कुमार यादव, सह सचिवमा जीबछ दास र काेषाध्यक्षमा अनवर अलीलाई चयन गरिएको छ । सदस्यमा रामशंकर […]
जनकपुरधाम,२७ साउन। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनुषाको सघारामा दिप प्रज्वलन गरेको छ। शनिबार कमला युवा संजालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कमला नगरपालिका वडा नम्बर ४ सघारा चौकमा दिव प्रज्वलन गरि युवा दिवस मनाइएको हो। सो कार्यक्रममा कमला युवा संजालका अध्यक्ष बिमलेश यादव,सचिव चन्द्रदीप यादव,कोषाध्यक्ष मो .इसराफिल राईन, रामजुलुम यादव,राजकुमार यादवसहित स्थानीय युवाहरुको उपस्थितिमा दिपप्रज्वलन गरि […]
रुपन्देही ,२७ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सिर्जनशील र रोजगारी सिर्जना गर्ने लुम्बिनी प्रदेशका युवालाई रकम अभाव नहुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा परिषद् लुम्बिनी प्रदेशले रुपन्देहीको लुम्बिनीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले युवालक्षित कार्यक्रम, उद्यमशीलता र रोजगारी सिर्जना गर्न प्रदेश सरकारसँग ४ अर्ब बजेट रहेको बताएका हुन् । उनले अबको […]
पर्सा ,२७ साउन। ठोरी गाउँपालिकाबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो सवा १२ बजेको समयमा ठोरी गाउँपालिका–५ सुवर्णपुर वर्णमाला स्कुल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी चौकी सुवर्णपुर र प्रहरी चौकी महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा शंकास्पद रुपमा भारतबाट नेपालको सुवर्णपुर बजारतर्फ आउँदै गरेका ठोरी गाउँपालिका–३ का १९ […]
जनकपुरधाम,२७ साउन ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रका ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। शनिबार महोत्तरीको मनरा शिशवा-८ सहसराममा एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका वडाध्यक्ष तथा पार्टीका जिल्लासदस्य बजरंगी तिवारीको नेतृत्वमा ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात […]
जनकपुरधाम,२७ साउन । जनमत पार्टीले आफ्ना स्थानीय जनप्रतिनिधिहरुको मतदानमार्फत मूल्यांकन गर्दैछ । स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको अनुमोदन मूल्यांकन अर्थात एप्रुभल रेटिङ्गका लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको पार्टीका सचिव बीपी साहले जानकारी दिएका छन् । निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको साहले बताए । […]
जनकपुरधाम,२६ साउन।बहुजन समाज पार्टी नेपालका पुर्व राष्ट्रिय अध्यक्ष गंगा महरा जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। शुक्रबार जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलय काठमाडौंको बुद्धनगर पुगेर पुर्व अध्यक्ष गंगा महरा जनमत पार्टीमा प्रवेश गरेका हुन। उहाँलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाउदै पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गर्नुभएको हो। साथै ,नव प्रवेशी […]