०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

स्वास्थ्य

मृत्युको मुखबाट एक युवकलाई बचाए साह र कुसियैत

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२७ चैत्र ।रक्तअल्पता रोगका कारण जीवन मरणको दोसाँधमा रहेका एक युवकलाई दुई युवकले रक्तदान गरी ज्यान बचाएका छन् । मुलुक लक डाउनमा रहेको बेला रगतको समेत अभाव भएको अवस्थामा यी दुई युवकले सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाका जितेन्द्र यादवलाई रक्तदान गरेर जीवन बचाएका हुन् । यादव मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएपनि […]

रंजित चौरसिया वीरगंज ,२३ चैत्र ।विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले जोखिम पूर्ण राष्ट्रको रुपमा घोषणा गरेको छ । सोही क्रममा नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजका सचिव डा। उदय नारायण सिंहले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि प्रदेश नं। २ सरकार समक्ष विभिन्न […]

न्यूजमधेस सम्बादाता जनकपुरधाम ,२३ चैत्र।मारवाडी सेवा समितिले अति बिपन्न परिवारलाई राहत सामग्री बितरण गरेकोछ ।समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १५ रामपुर र खजुरी गाउँमा राहत सामग्री वितरण गरेको छ । समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार राहत सामग्रीमा चामल, दाल, आलु, सोयाविन, नुन, चाउचाउ, बिस्कुट, साबुन रहेका छन् ।उनले आइतवार बितरण हुने सामग्रीमा खाने तेलपनि […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२३ चैत्र ।कोरोना भाइरस संक्रमितको संख्या एकै दिन तीनजना बढेपछि सरकारले लकडाउनलाई अझ कडाई गर्ने निर्णय गरेकोछ । मन्त्रीपरिषदको शनिवार साँझ बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । कोरोना […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र ।प्रदेश २ का प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस भेटघाटमा सो जानकारी गराउनुभएको हो । प्रदेश नं–२ मा हालसम्ममा ७९ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आजसम्ममा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ चैत्र। सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएकी एक महिलालाई आजदेखि आइसोलेसनका लागि राजविराज ल्याइएको छ । शुक्रबार राति ज्वरो आएपछि आज आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको अस्पतालले जनाएको छ । सो अस्पतालले बिरामी महिलाको घाँटीको स्वाब परीक्षणका लागि सङ्कलन गरेको छ । उहाँलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरी […]

न्यूजमधेश सम्बादाता इस्लामाबाद ,२२ चैत्र । पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ । अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार देशभरीमा सङ्क्रमितको संख्या दुई हजार ७०८ पुगेको हो । सङ्क्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भिर रहेको मन्त्रालयले जनाएको छ । केन्द्रिय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मृत्यु हुनेको संख्या ४० पुगेको उल्लेख गरिएको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र ।भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ । सङ्क्रमितको सङ्ख्यामा […]