०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाज

रामजानकी विवाह महोत्सव : मटकोर सम्पन्न

न्यूजमधेश डेस्क जनकपुरधाम,३ पुस। रामजानकी विवाह महोत्सव अन्तर्गत आज पाँचौदिन मटकोर विधि सम्पत्र भएको छ। मिथिला परम्परा अनुसार विवाहपूर्व मनाइने मटकोर विधि गरिएको हो। जानकी मन्दिरले जनकपुरको गंगासागर पोखरीमा आयोजना गरेको मटकोर कार्यक्रममा जानकी मन्दिरका पुजारी रामरोशन दाससहित विशिष्ट व्यक्ति एवं ठूलो संख्यामा श्रद्धालुहरुको सहभागिता रहेको थियो। मटकोर कार्यक्रम चलिरहँदा मैथिली गीत संगीतले उपस्थित श्रद्धालुहरुलाई […]

न्यूजमधेश सम्बादाता उदयपुर ,३ पुस । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि […]

न्यूजमधेश डेस्क सप्तरी ,२५ मंसिर । ७२औं विश्व मानवअधिकार दिवसको अवसर पारेर सप्तरीमा बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । ‘सबैका लागि समान मानवअधिकार र आत्मसम्मानको प्रत्याभूति ह‍ोस् । समान अवसर र लैंगिक समानता सुनिश्चित होस्’ भन्दै महिला अधिकारकर्मी सुनिता साहले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीलाई फलफूलसहित दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । अस्पतालको गाइनो […]

न्यूजमधेश डेस्क झापा ,२२ मंसिर । झापा जिल्लाको विर्तामोड नगरपालिका वडा नम्बर ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते […]

न्यूजमधेश डेस्क सर्लाही ,२२ मंसिर । कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ । नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन् । सीमा वारिपारिको सम्बन्धमा लगाइएको रोकले दैनिक जीवनमा प्रभाव परेको भन्दै सीमा क्षेत्रका मानिसले आक्रोश […]

न्यूजमधेश डेस्क लहान ,२० मंसिर । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ स्थित सरे खोलामा पुल नहुँदा सो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षांैदेखि सरे खोलामा पुल नहुँदा धनगढीमाई–१२ र १४ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् । सुख्खा मौसममा भन्दा वर्षायामको समयमा खोला तर्न ठूलो समस्या भइरहेको सो […]

कैलाश दास जनकपुरधाम, १७ मंसिर । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लाल किशोर साहले एउटा विद्यालय बसको पूजापाठ गरी उद्घाटन गरेका छन् । उपमहानगरपालिका वडा नं। २४ बसहिया स्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयका लागि भारतीय राजदूतावासले उपलब्ध गराएको सो बसको मेयर साहले उद्घाटन गरेका हुन । मेयर साहकै पहलमा काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको गणतन्त्र […]

सिबेन्द्र रोहिता जनकपुरधाम,१७ मंसिर । शहीद नगरपालिकाको वडा नम्बर ८ बिसरभोरामा १० शैय्याको अस्पतालको शिलान्यास गरिएको छ । वडाका अध्यक्ष तनुकलाल यादवले एक कार्यक्रमकाबीच बिसरभोराका सानो टोलका उक्त अस्पतालको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै वडा अध्यक्ष यादवले यो अस्पताल निर्माण भएपछि यस नगरपालिका क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे । शिलान्यास कार्यक्रममा […]