१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

अर्थ

उखु किसानद्वारा पुन:आन्दोलनको घोषणा

न्यूजमधेश डेस्क जनकपुरधाम,८ माघ । उखुको बाँकी वक्यौता रकम नपाएका उखु किसानद्वारा पुन:आन्दोलनको घोषणा गरेका छन् । सरकारले २१ दिनभित्र रकम दिलाइदिने सम्झौता गरेपनि उक्त अवधिमा रकम नपाएको भन्दै किसानले पुन:आन्दोलनको घोषणा गरेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६५ करोड रकम जम्मा भइसकेको ५७ करोड भुक्तानी गराइसकेको तथा बाँकी ८ करोड पनि मन्त्रालयको […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ माघ।पूर्वाधार निर्माणको गति यो वर्ष पनि सुस्त देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महीना बित्दा विकासलक्षित पूँजीगत खर्च कुल विनियोजनको १४.४ प्रतिशत मात्रै भएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, पुस मसान्तसम्ममा रू. ५० अर्ब ८१ करोड ७० लाख मात्रै खर्च भएको छ। यो आर्थिक वर्षका लागि सरकारले रू. ३ खर्ब […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ पुस।रामजी रामलाई एमबीबीएस अन्तिम वर्षको परीक्षामा सामेल गराउन चिकित्सा शिक्षा अयोगले निर्देशन दिएको छ । आयोगले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई पत्र पठाउँदै रामजीलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको हो । रामजी रामको सम्पूर्ण शिक्षण शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको हुँदा उनलाई परीक्षामा सामेल गराउन आयोगकाे निर्देशन छ । शुल्क नतिरेको […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ मंसिर । उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन सुरु गरेका छन् । चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसानहरु काठमाडौं आएर आज (आइतबार) देखि आन्दोलन शुरु गरेका हुन् । पहिलो चरणमा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफुहरुलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनी समेत किसानहरुले दिएका छन् । […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ मंसिर । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ । त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ मंसिर । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे टे«ड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले रु ५०० मूल्य बराबरको अगरबतीको १०० खाली […]

न्यूजमधेश डेस्क काठमाडौं,१० मंसिर । चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा रु चार […]

न्यूजमधेश डेस्क सर्लाही,१० मंसिर । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका […]