१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

शिक्षा

राष्ट्रिय शिक्षा दिवस : यी हुन् राष्ट्रिय स्तरमा पुरस्कृत हुने विद्यालयहरु

काठमाडौँ । आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदै छ ।दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्या भूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ । यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने […]

जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिईभीटी) मधेस प्रदेशले गम्भीर लापरबाही गरेको घटना बाहिरिएको छ । परिषद्ले संचालनका गरेको निःशुल्क छात्रवृत्तितर्फको परिक्षाको सार्वजनिक नतिजामा गम्भीर लापरबाही गरेको भेटिएको हो । प्रकाशित नतिजामा कोटामै नपर्ने झा र यादवलाई दलिततर्फ निःशुल्क छात्रवृत्ति कोटामा नतिजा सार्वजनिक गरिएको छ भने मुस्लिम कोटामा पासवानलाई सिफारिस गरिएको छ । त्यस्तै […]

काठमाडौं ।बुधबार स‌ंसद्‌मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०’ शिक्षकलाई राजनीतक दलको सदस्यता लिन नपाइने व्यवस्था गरेको छ। राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन तथा कसैका निम्ति भोट वा चन्दा माग्न निषेध गरिएको हो। यदि यस्तो काम गरेमा त्यस्ता शिक्षकलाई […]

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रदेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । सप्तरी जिल्लामा विगत आढाई दशकदेखी क्रियाशिल सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको २४औं वार्षिक साधारण सभाको आइतबार राजविराजमा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयमा घट्दै गएको आकर्षणलाई मध्यनजर गरि शिक्षा ऐन […]

वीरगञ्ज ।मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले सकारात्मक सोचका साथ अगाडि बढे मात्रै विकास सम्भव हुने बताएका छ्न। शुक्रवार वीरगञ्जमा रहेको मधेस विश्वविद्यालयको प्रथम बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै शिक्षा मन्त्री यादव यस्तो बताएका हुन। जब सम्म सकारात्मक सोचका साथ अगाडि बढेपछि मात्रै विकास सम्भव रहने उनले भने। मधेस पछाडि पर्नुको मुख्य […]

जनकपुरधाम । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ । मधेस प्रदेश राजधानी जनकपुरधाममा बिहीबार आयोजित कार्यविधिमाथि सरोकारवालाको राय सुझावसम्बन्धी परामर्श कार्यक्रममा प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेशमा बालविवाह समस्या अन्त्यका लागि योजनाबद्धरूपमा कामकाज […]

लहान । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारले ल्याएको साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सफल बनाउन आग्रह गरेका छ्न । १६ औँ पुस्तकालय दिवसका अवसरमा सिर्जना सामुदायिक पुस्तकालय, लहान–११, पडरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेको हो । सुगम रहेको मधेश प्रदेशमा अहिले पनि निरक्षर रहेकाले सबैलाई साक्षर बनाउन मधेश सरकारले आर्थिक […]

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले समयावधि […]