१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

स्थानीय

गएराती आएको भीषण हावाहुरीले दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति

न्युजमधेस डेस्क जनकपुरधाम,३२असार। गएराती आएको भीषण हावाहुरीले एक दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति पुर्याएकाे छ। डोटीको बोगटान फुड्सिल गाउँपालिकामा हिजाे बेलुका आएको हावाहुरीले धेरै घरमा क्षति पुगेको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले जानकारी दिनुभयो। हावाहुरीले घरको सिलेट खस्दा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारा दाच्का बस्ने हिमाल कुडमालका तीन वर्षीय छोरा विजय कुडमाल गम्भीर घाइते भएका […]

न्युजमधेस डेस्क जनकपुरधाम,३२असार। बजारमा खानेतेलको भाउ घटेको भने पनि महँगोमा किन्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् । उद्योगीका अनुसार बजारमा पछिल्लो हप्ता खानेतेलको प्रकृति अनुसार (तोरी, सनफ्लावर र भटमास) लिटरमा ४० देखि ७० रुपैयाँसम्म घटेको छ । भाउ अहिलेसम्मकै उच्च हुँदा यसअघि उपभोक्ताले भटमास तेलमा प्रतिकार्टुन ३ हजार २ सय रुपैयाँसम्ममा खरिद गर्नुपरेको थियो । तर अहिले […]

न्युजमधेस डेस्क जनकपुरधाम, ३२असार। धनुषामा दुई मोटरसाइकल एक-आपसमा ठोकिँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको मिथिला नगरपालिका स्थित नक्टाझिझमा तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना पुरुष गम्भिर घाईते भएका हुन्। आज(शनिबार) बिहान करिब ८ बजेको समयमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर […]

न्युजमधेस डेस्क महोत्तरी,३१असार। महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो । बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि […]

न्युजमधेस डेस्क जनकपुरधाम,३१असार। बिहीबार बागमती नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका २ बालकहरू शव फेला परेको छ। बिहीबार बिहान विद्यालय जाने क्रममा ६ जना बालकहरू दुर्गा भगवती गाउँपालिकामा रहेको बागमतीमा पौडी खेल्न ग‌एकाको २ जना नदीमा डुबेर हराइरहेका थिए । लामो समयसम्म बालकहरू घर नफर्किएपछि अभिभावक र स्थानीयले खोजतलास गर्दा बागमती नदीको किनारमा उनीहरुले प्रयोग […]

न्युजमधेस डेस्क जनकपुरधाम, ३१ असार। ब्लड क्यान्सरबाट पीडित सबैलाको इनर्वा टोलका निवासी जिवछ मंडलको ६ वर्षिय छोरा अभिजित मंडलको उपचारका लागि आर्थिक सहयोग जुटेको छ। सबैला नगरपालिका वार्ड नं.९ स्थित रहेको भठिहन टोलका युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा गएका, उनिहरुद्वारा समाजमा रहेका दिन,दुखी,असहाय धार्मिक कामहरुलाई समिति गठन गरेर करिब ६ सालदेखि सहयोग गर्दै आइरहेको छन्। भठिहन […]

  न्युजमधेस डेस्क जनकपुरधाम,३१ असार। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश : मेष : व्यापार व्यवसायमा उन्नति हुनेछ। आफ्ना कारणले साथीभाइ टाढा हुने सम्भावना छ। जग्गाजमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। दाम्पत्य जीवन सामान्य छ। वृष : दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन : झुठा […]

न्युजमधेस डेस्क जनकपुरधाम,३० असार। विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १२० जना बढी चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । बिहिबार जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहदा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि […]