०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

स्थानीय

सप्तरीको सुरुङ्गा नगरपालिकामा घरेलु मदिरा नष्ट

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका १० बाट घरेलु मदिरा नाश गरेको छ । अबैध रूपमा तयारी अबस्थामा रहेको घरेलु मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको हो । भदौ २४ गते बिहान ०८:३० बजे सुरुङ्गा नगरपालिका वडा नं.१० पटेर्वा स्थित २ घरधुरिमा गोप्य सुचनाको आधारमा तयारी घरेलु मदिरा ४० लिटर, मदिरा बनाउन प्रयोग हुने […]

देवराम यादव,राजविराज।बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका स्थित रहेका नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनरामा आयोजित कार्यक्रममा शुक्रबार साइकल वितरण गरिएको छ । शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढने ५६ जना विपन्न छात्रालाई साइकल […]

विरगंज । पर्सा जिल्लाको विरगंज महानगरपालिकामा शुक्रबार बिहानै विद्यालय जाने क्रममा एक बालिका माथी एसिड प्रहार गरेका एक युवक पक्राउ परेका छ्न। महानगरपालिकामा वडा नं. १ छपकैया बस्ने १५ वर्षीया किशोरी मुस्कान खातुन रहेकी प्रहरीले जनाएको छ । खातून आफ्नै घर छपकैयाबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले उनिमाथी वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार […]

गोविन्द ठाकुर, पौडेश्वर । धनुषाको  हन्सपुर नगरपालिका वाडा नम्बर ४ नरहियामा संचालित टि- १० क्रीकेट प्रतियोगिता फाइनल उपाधी आयोजक श्री दुर्गा युवा क्रीकेट टिम नरहियाले ५१ रनले जित हासिल गरेको छ । श्री दुर्गा युवा क्रीकेट टिम नरहियाले टस जितेर ब्याटिङ गर्दै निर्धारित फाइनल १६ ओभरको खेलमा १५.२ ओभरमा अल आउट हुँदै १०९ रनको लक्ष्य […]

अभिमन्यु पटेल ,रौतहट ।रौतहटको बौद्धीमाई नगरपालिकाको वडा नं ६ पिपरिया टोलमा नेपाली काँग्रेस पार्टीका युवा नेता तथा समाजसेवी राजन जयसवालको विशेष पहलमा नि:शुल्क आँखा शिविर भएको छ । नि:शुल्क आँखा शिविर उद्घाटन गर्दै पूर्वमन्त्री तथा रौतहटको क्षेत्र नं २ का सांसद मो. अफताब आलमले मानिसको शरीरमा सबभन्दा सम्बेदन शिल र अमुल्य अंग आँखा नै हो […]

जनकपुरधाम।गत साउन २१ गते धनुषाको हँसपुर नगरपालिका प्रमुख र उपप्रमुख बीचको दुई पक्षिय झडपमा गम्भिर घाईते भएका स्थानीय ५७ वर्षीय तपेश्वर मण्डलको आज मृत्यु भएको छ। धनुषाको हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षधरबीच कार्यालय सार्ने क्रममा विवाद भएपछि झडप भएको थियो सो क्रममा हँसपुर नगरपालिकाकै स्थानीय अन्दाजी बर्ष ५७ का तपेश्वर […]

जनकपुरधाम। मिथिलाञ्चलमा मनाइने चौरचन पर्व नजिकिएसँगै धनुषासहित तराईका जिल्लामा माटोको भाडाकुडाको व्यापार बढेको छ । तराईमधेश क्षेत्रमा मैथली, मधेशी र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ । चौरचन सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब ३ सय रुपियाँको माटोको भाडो खरिद गर्नुपर्ने हुन्छ […]

जे पि साह,बारा।चकलेट चोरेको आरोपमा बाराको कालैया नगरपालिकामा वडाध्यक्षले तीन बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई चकलेट चोरेको आरोपमा घरमा थुनेर कुटपीट, कपाल मुण्डन तथा १ हजार रुपैयाँ जरिवाना गरी घुमाएर सजाय दिएको अभिभावकले जानकारी दिएका छन् । […]