काठमाडौँ । सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्। सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको हो। संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सांसद कोइरीको निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन्। कोइरीको सांसद पद गत वैशाख १९ […]
रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही पुगेका छन्। उनलाई रुपन्देहीमा अभिनन्दन कार्यक्रमको तयारी गरिएको छ। आइतबार अपराह्न बुद्ध एयरको बिमानबाट भैरहवा पुगेका शाहलाई स्वागत गर्न गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा सर्वसाधारणको भीड लागेको थियो। शाह करिब १२ दिन भैरहवास्थित सिद्धार्थ भिलासामा बस्ने बताइएको छ। उनको अभिनन्दनका लागि पूर्व एमाले नेता डा। रामप्रसाद बस्यालको नेतृत्वमा तयारी गरिएको छ […]
दाङ । रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन । घोराही–११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन् । उनले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरुआतमा रु १६ लाख रुपैयाँ ऋण लिएर थालेको जलजला कृषि तथा पशुपालन फार्मले अहिले राम्रो आम्दानी पनि दिएको छ । नेपाल प्रहरीको जागिर र […]
काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकाको बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भन्दै स्थानीयले बसमा आगजनी गरेका छन् । अरनिको यातायात सेवा समितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । सो बस बा ६० प […]
सिरहा। सिरहामा एक युवक महिलाको घरमै सुतिरहेको अवस्थामा पक्राउ परेका छन । सिरहा नगरपालिका वडा न.१७ खैरटोकाका शैलेश यादवका छोरा सुरज यादवलाई आइतबार करिब राति एघार बजेको समयमा एक महिलाको घरमै अबैध गतिविधि गर्दा परिवारले समातेका थिए । रातीको समयमा महिलाको घरमा होहल्ला भएपछि परिवारले ईलाका प्रहरी कार्यालय माडर चौकीमा खबर गर्नसाथ प्रहरीले यादव घरमै […]
काठमाडौं । चालु शैक्षिक सत्रमा मात्रै विद्यालय शिक्षा क्षेत्रले तीनवटा ठूला आन्दोलन व्यहोर्यो । विद्यालय कर्मचारीहरूले विभिन्न माग राख्दै शैक्षिक सत्रको सुरुवातमा नै आन्दोलन गर्दा विद्यालयहरूले बन्दसम्मको सामना गर्न पुगे । विगतदेखि विद्यालय कर्मचारीहरूले सहायक (लेखापाल) हरूका लागि ३६ हजार ७३०, विद्यालय सहयोगीहरूका लागि २६ हजार २१० पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने माग राखेका […]
विराटनगर । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका- १० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै थियो । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे मृत्यु भएको छ । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको […]
जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको […]