काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत ८० करोड रकम भुक्तानी गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु एक अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो। बाँकी रु ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध […]
जनकपुरधाम ।मधेस प्रदेशको बारा जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा खोला पुलमा कलैयाबाट वीरगन्जतर्फ जादै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । पुलको बाँया साइडको पिलरमा मोटरसाइकल ठोकिएपछि कलैया उपमहानगरपालिका वडा नम्बर १३ का कुन्दन मेहता खत्री र वडा नम्बर […]
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका- ५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय सुगानिकासका इन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् । उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान इलाका प्रहरी […]
राजविराज ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त भएको खुलासा गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा.राउतले प्रतिष्ठानबारे कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत सो कुराको खुलासा गरेका हुन् । प्रतिष्ठान निर्माण प्रक्रिया बारे भ्रम फैलाइएको आरोप लगाउँदै उनले सामाजिक […]
वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु, धानबालीमा गवाँरो कीराको सङ्क्रमण हुनुलगायत कारणले गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । पर्सामा कूल धान रोपाइँ हुने खेतीयोग्य जग्गामध्ये आव २०७९-८० मा ९५ प्रतिशतअर्थात् ४५ हजार चार […]
जनकपुरधाम ।आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशको अर्थ मन्त्रालयले गैरकानुनी रूपमा रकमान्तर गरी कानुनविपरीत योजना बनाएर वितरण गरेको प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। आर्थिक वर्षको अन्तिमतिर बजेट कार्यक्रमको ‘अर्थ विविध’ शीर्षकमा राखिएको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३४१ रुपैयाँ अर्थ मन्त्रालयले कानुन मिचेर विभिन्न मन्त्रालय तथा स्थानीय तहमा पठाएको […]
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले एक सय दिनका उपलब्धि सार्वजनिक गरेकी छन् । उनले २०८० साउन २९ गते मन्त्रालयको मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । पदभार ग्रहण गरे पछिका एक सय दिनमा मन्त्रालयले हासिल गरेका मुख्य उपलब्धिहरू बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकी हुन् । ऐन नियम निर्माण तथा परिमार्जन, […]
पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको कार्यक्षेत्र थपका लागि घुस लिएको देखिएसँगै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए । उनीविरुद्ध केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको […]