०५ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

समाचार

पर्सामा यस वर्ष धान उत्पादन घट्यो

वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु, धानबालीमा गवाँरो कीराको सङ्क्रमण हुनुलगायत कारणले गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । पर्सामा कूल धान रोपाइँ हुने खेतीयोग्य जग्गामध्ये आव २०७९-८० मा ९५ प्रतिशतअर्थात् ४५ हजार चार […]

जनकपुरधाम ।आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशको अर्थ मन्त्रालयले गैरकानुनी रूपमा रकमान्तर गरी कानुनविपरीत योजना बनाएर वितरण गरेको प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। आर्थिक वर्षको अन्तिमतिर बजेट कार्यक्रमको ‘अर्थ विविध’ शीर्षकमा राखिएको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३४१ रुपैयाँ अर्थ मन्त्रालयले कानुन मिचेर विभिन्न मन्त्रालय तथा स्थानीय तहमा पठाएको […]

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले एक सय दिनका उपलब्धि सार्वजनिक गरेकी छन् । उनले २०८० साउन २९ गते मन्त्रालयको मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । पदभार ग्रहण गरे पछिका एक सय दिनमा मन्त्रालयले हासिल गरेका मुख्य उपलब्धिहरू बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकी हुन् । ऐन नियम निर्माण तथा परिमार्जन, […]

पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको कार्यक्षेत्र थपका लागि घुस लिएको देखिएसँगै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए । उनीविरुद्ध केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको […]

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही […]

सिरहा । शिक्षकको काम पढाउने मात्र हुँदैन । समाजलाई सही दिशामा डोर्‍याउने दायित्व पनि शिक्षकको हुन्छ । तर, कतिपय शिक्षकहरू आफ्नो विवेक समाज बनाउनका लागि नभई दोहनका लागि प्रयोग गरिरहेका छन् । यसको उदाहरण हुन्, सिरहा मिर्चैया नगरपालिका ७ का बासिन्दा सुरेन्द्र यादव । उनी कल्याणपुर नगरपालिका-११ मा अवस्थित रामदुलारी उमाविमा कार्यरत शिक्षक हुन् । […]

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई मनपरी नगर्न चेतावनी दिएका छन् । जनकपुरधाममा बिहिवार कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री यादवले गठबन्धनको मर्म र भावना अनुसार मुख्यमन्त्री यादव नचलेको आरोप लगाए । बारामा कांग्रेस कांग्रेस कार्यकर्ताको हत्या भएकोमा सहमहामन्त्री यादव मुख्यमन्त्री यादवमाथि आक्रोश पोखे । […]

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताएका छन् । ‘बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने […]