०५ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

समाचार

पिपरा-४: जनमतको अधिवेशनबाट अध्यक्षमा कापर चयन

जनकपुरधाम । जनमत पार्टी महोत्तरीले पिपरा गाउँपालिका – ४ मा दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ। शनिबार पार्टीका नेता देवेन्द्र कापरको अध्यक्षतामा भएको दोस्रो वडा अधिवेशन जनमत पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य अंजनी देवी मण्डलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न गरेकी हुन् । सो अधिवेशनबाट वडा अध्यक्षमा देवेन्द्र कापरको नेतृत्वमा २१ सदस्यीय वडा समिति सर्वसहम्मतबाट चयन गरेका […]

राजविराज । सप्तरीको राजविराज नगरपालिका -५ घर भएका १७ वर्षीय गिरिष देव ११ दिनपछि घर फर्किएको छ। उनले ११ दिन अगाडि घरबाट कोचिङ पढ्न भनी हिँडेका थिए। देव ११ दिनमा शनिवार घर फर्केका छन् । गिरिश बेपत्ता भएको दसौँ दिनमा शुक्रवार भारतीय नम्बरबाट परिवारको सम्पर्कमा आएका थिए । आफू पटनामा रहेको र भोलि फर्किन्छु भनेर […]

काठमाडौं । भिजिट भिसा हुने मानव तस्करी प्रकरणमा थप एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–७ घर भएका ४५ वर्षीय विनोद कार्की रहेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको सिटी टुर्स एन्ड ट्राभल्स सञ्चालन गर्दै आएका उनलाई नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा उनले सघाउने […]

रौतहट । रौतहटको विभिन्न पालिकामा घर भई लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । स्थानीय दुर्गाभगवती गाउँपालिका, ईसानाथ र राजपुर नगरपालिका लगायत स्थानीय तहका ८ बालकहरूलाई शनिवार अभिभावकको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो lविगत […]

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत ८० करोड रकम भुक्तानी गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु एक अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो। बाँकी रु ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध […]

जनकपुरधाम ।मधेस प्रदेशको बारा जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा खोला पुलमा कलैयाबाट वीरगन्जतर्फ जादै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । पुलको बाँया साइडको पिलरमा मोटरसाइकल ठोकिएपछि कलैया उपमहानगरपालिका वडा नम्बर १३ का कुन्दन मेहता खत्री र वडा नम्बर […]

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका- ५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय सुगानिकासका इन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् । उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान इलाका प्रहरी […]

राजविराज ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त भएको खुलासा गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा.राउतले प्रतिष्ठानबारे कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत सो कुराको खुलासा गरेका हुन् । प्रतिष्ठान निर्माण प्रक्रिया बारे भ्रम फैलाइएको आरोप लगाउँदै उनले सामाजिक […]