जनकपुरधाम । गोपाल युवा सेवा समिति धनुषाका जिल्ला अध्यक्षमा ललित यादव मनोनीत भएका छ्न। सोमबार जनकपुरधाममा आयोजित गोपाल सेवा समितिको ३२ औं वार्षिकोत्सबबाट गोपाल युवा सेवा समिति धनुषाका अध्यक्षमा यादवलाई सर्वसहमतले मनोनीत गरेका हुन। उक्त कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव,प्रदेश सांसद शेषनारायण यादव,गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष बजरंग यादवलगाइतका व्यक्तिहरुको उपस्थिति रहेका थियो।
सर्लाही। स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशमै पहिलो स्थान हासिल गरेको सर्लाहीको हरिवन नगरपालिका यतिबेला देशकै पहिलो टिबी फ्री पालिका बन्ने होडमा छ । नगरपालिकालाई पहिलो टिबी फ्रि पालिका बनाउने उदेश्यले यहाँ टिबी सम्बन्धी विभिन्न कार्यक्रमहरुलाई तिब्रता दिइएको छ।सोही अभियान अन्तर्गत सोमबारबाट शंकास्पद टिबी अर्थात क्षयरोगीहरुको स्क्रीनिङ्ग क्याम्प समेत सञ्चालन गर्न थालिएको छ । हरिवन नगरपालिका-१ स्थित […]
रौतहट । रौतहट संग साटिएको भारतीय सिमानाकाबाट तस्करी हुन थालेको जन–गुनासो बढ्दै गएको छ । भारत र नेपालको खुल्ला सीमा नाकाको दर्जनौं तस्करहरुले फाइदा उठाउँदै गौर भन्सारको मेन नाका सहित विभिन्न चोर नाकाबाट तस्करी कार्य तीव्र गतिका साथ अघि बढेको गौरका स्थानीय ब्यपारीहरुको जन-गुनासो बढ्दै गएको हो। पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो […]
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ । निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् । पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदले बताए । ‘बर्खामा खोला निकै आउँछ । बिरामी […]
वीरगन्ज । यातायात व्यवस्था कार्यालय विरगन्जका प्रमुख कोमल गौतमको निर्देशनमा खटाइएका बेतलबी कर्मचारीहरु बिचौलियाको रूपमा हाबी हुँदै गए पछि आम मानिसहरू निराश भएका छन् । नारायणी यातायात व्यवस्था कार्यालय पर्सा वीरगञ्जका मोटरसाइकल नामसारी शाखा प्रमुख सरोज आचार्य र सहायक प्रमुख विनोद कापर निकट रहेका बिचौलियाहरुले सजिलै आम सेवाग्राहिहरुको काम काज गर्न अवरोध गरी आफू मार्फत […]
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो कालोसूचीमा राखिएका व्यवसायी/आपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
विराटनगर । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार गरिएको छ । घटनामा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् । कोसी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार साँझ विराटनगर–१६, दशगजानजिकै भारतीय क्षेत्रमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको बताइएको छ […]
जनकपुरधाम। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज धनुषाको औरही गाउँपालिकामा आउने भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर २ का पूर्व सभापति स्व. राजकिशोर सिंहको शालिक अनावरण गर्न उनी औरही आउन लागेको जनाइएको छ । औरही गाउँपालिका–४ मा हुन लागेको शालिक अनावरण कार्यक्रममा सहभागी हुन सभापति देउवा एक बजे हेलिकप्टरबाट औरहीमै आउने […]