जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका-१ बजारस्थित एक बोर्डिङ स्कूलको होस्टेलमा एक बालिकालाई शिक्षकले बलात्कार गरेका छन् । रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउने एक महिलाकी १४ वर्षीया छोरीलाई बिहीबार मध्यराति शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् । उनी आमालाई पालो दिन होस्टलमा भात पकाउन गएकी थिइन् । घटनापछि शिक्षक यादव भागेका छन् । बालिकाले राति […]
जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया छन् । नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले पुष्टि गरे । उनका अनुसार मुखिया पनि आन्दोलन गर्न पुगेका […]
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । जनमत पार्टीबाट मन्त्री अनिता देवी साहले आइतवार कर्मचारी प्रशासन महाशाखाका प्रमुखसहित स्थानीय तह क्षमता विकास र संघीय मामिला महाशाखा प्रमुखहरूलाई अदली बदली गरेकी हुन् । मन्त्री साहले स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख राम कुमार महतोलाई कर्मचारी प्रशासन महाशाखा […]
जनकपुरधाम ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मालपोत कार्यालय स्थापना गर्नुपर्ने माग गर्दै मेयर सुखदेव यादवले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएको छ। लामो समयदेखि क्षिरेश्वरनाथ नगरपालिाका, महेन्द्रनगरमा मालपोत कार्यालयको शाखा स्थापना नहुदा ग्रामीण भेग सेवाग्राहीहरु मर्कामा परेको भन्दै तत्काल यहाँ कार्यालय स्थापना गर्न माँग गर्दै मेयर यादवले धनुषाको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेलाई ज्ञापन पत्र […]
बोदे बरसाईन(सप्तरी ) । भारतीय अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि सप्तरीका कुखुरा व्यवसायी चिन्तित भएका छन् । सप्तरीका बोदे बरसाईन धर्मशालामा सोमबार जिल्लाका कुखुरा व्यावसायको भेलाले जिल्लामा बढ्दो अवैध कुखुरा आयातले कृषकलाई डिलरबाट उठाएको चल्ला र दानाको रकम तिर्न समस्या भई रहेको गुनासो गरेका छन् । जिल्लाका मुख्य नाका तिलाठीबाट सुरक्षाकर्मीले आयात हुन नदिए […]
जनकपुरधाम।सिताराम विवाह महोत्सव अर्थात विवाह पंञ्चमीको अवसरमा जनकपुरमा पहिलोपटक अन्नबाट ११ हजार ११ स्क्वायर फिटको प्रतिमा (मूर्ति) बनाउन लागेका छन् । जनकपुरधामको बाह्रबिघा मैदानमा अन्नको प्रयोगले ११ हजार ११ स्क्वायर फिटको मुर्ति बनाउन लागिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का शितल साहले जानकारी दिए । उनका अनुसार मंसिर २४ गते बाह्रबिघाको उत्तर पूर्व कुनामा अन्नको मुर्ति […]
काठमाडौं। सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ । सङ्घीयता कार्यान्वयन […]
चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम २०६५ सालमा सम्पन्न भयो। तत्कालीन दारेचोक गाउँ विकास समितिबाट ५० हजार बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक फिस्लिङबाट खन्ने काम शुरु गरिएको थियो। ५० हजार रुपैयाँबाट सडकको ट्रयाक खन्न सम्भव थिएन। स्थानीयले चन्दा उठाएर ट्रयाक खन्ने काम सम्पन्न गरे। ट्रयाक खन्ने […]