१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

भारतीय कुखुराको तस्करी बढेपछि सप्तरीका व्यवसायी चिन्तित

बोदे बरसाईन(सप्तरी ) । भारतीय अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि सप्तरीका कुखुरा व्यवसायी चिन्तित भएका छन् । सप्तरीका बोदे बरसाईन धर्मशालामा सोमबार जिल्लाका कुखुरा व्यावसायको भेलाले जिल्लामा बढ्दो अवैध कुखुरा आयातले कृषकलाई डिलरबाट उठाएको चल्ला र दानाको रकम तिर्न समस्या भई रहेको गुनासो गरेका छन् । जिल्लाका मुख्य नाका तिलाठीबाट सुरक्षाकर्मीले आयात हुन नदिए […]

जनकपुरधाम।सिताराम विवाह महोत्सव अर्थात विवाह पंञ्चमीको अवसरमा जनकपुरमा पहिलोपटक अन्नबाट ११ हजार ११ स्क्वायर फिटको प्रतिमा (मूर्ति) बनाउन लागेका छन् । जनकपुरधामको बाह्रबिघा मैदानमा अन्नको प्रयोगले ११ हजार ११ स्क्वायर फिटको मुर्ति बनाउन लागिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का शितल साहले जानकारी दिए । उनका अनुसार मंसिर २४ गते बाह्रबिघाको उत्तर पूर्व कुनामा अन्नको मुर्ति […]

काठमाडौं। सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ । सङ्घीयता कार्यान्वयन […]

चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम २०६५ सालमा सम्पन्न भयो। तत्कालीन दारेचोक गाउँ विकास समितिबाट ५० हजार बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक फिस्लिङबाट खन्ने काम शुरु गरिएको थियो। ५० हजार रुपैयाँबाट सडकको ट्रयाक खन्न सम्भव थिएन। स्थानीयले चन्दा उठाएर ट्रयाक खन्ने काम सम्पन्न गरे। ट्रयाक खन्ने […]

काठमाडौं । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा रहेको छ। सो नारा दिगो विकास एजेण्डा, २०३० अन्तर्गत गरिएको ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल नारामा आधारित छ । दिगो विकास एजेण्डाले […]

जनकपुरधाम । सबैभन्दा ठूला उत्सवहरूमध्ये एक साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजबाट सुरू हुँदै छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सम्झनामा जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आयोजना गरिँदै आएको छ । आज पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान् राम पहिलो पटक […]

जनकपुरधाम । चुरे संरक्षणप्रति सरकार सम्वेदनशिल नभएको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक तथा चुरे अभियन्ता सुनिल कुमार यादवले चरणवद्ध संघर्षको घोषणा गरेका छन् । अभियानी यादवले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सात बुंदे माग अगाडी सार्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । अभियानी यादवले वन क्षेत्रमा सुशासन, प्राकृति श्रोत साधन सम्पदा संरक्षण […]

बारा । मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले आज बारामा यातायात ब्यवस्था कार्यालयको उद्घाटन गरेका छन् । मन्त्री सिंहले जिल्लाको सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिम केन्द्रमा स्थापना गरेको कार्यालयको रिवन काटेर उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले ड्राईभिङ्ग लाईसेन्स अब १० बर्षको लागि बनाउन […]